back
CTIZAN AD

समयमै ‘अण्डर पास’ निर्माण : जाइकालाई सरकारको चेतावनी

वि.सं.२०७६ असार २३ सोमवार

849 

shares

२३ असार, काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ ।

यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो । केही समयपहिले मात्रै जाइकाका उच्चपदस्थ पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको मन्त्रालयले जनाएको छ । जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए । उनले भने, “उनीहरूले गर्छौं नै भनिरहेकाले पहिलो प्राथमिकता उसलाई नै बनाउन दिने हो ।”

जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार अन्तिम खाका आउन ढिलाइ हुँदा मात्रै त्यसको विकल्प खोजिने उनले बताए । उनले भने, “यो वर्षभित्र काम अघि बढाउने मन्त्रालयको सोचाइ छ ।”

सरकारले आगामी वर्ष बजेटमा ‘अण्डरपास’ निर्माणका लागि रकम विनियोजन गरेको केही दिनपहिले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका थिए । विनियोजित बजेट पर्याप्त नभए अर्थ मन्त्रालयसँग थप रकम माग गरेर पनि काम अघि बढ्ने उनले बताए । उनका अनुसार जाइकाले निर्माणको निर्णय छिटो नगरे मन्त्रालय आफैँले परामर्शदाता छनोटलाई अघि बढाउने बताएको छ । कलङ्कीमा माथिल्लो भाग खुल्ला ‘अण्डरपास’ रहेकामा यस स्थानमा ढाकिएको (कभर) अण्डरपास निर्माण गर्ने मन्त्रालयले बताउँदै आएको छ । उनले भने, “खुल्ला अण्डरपासमा तलबाट गाडी कुदे पनि माथि चल्न पाउँदैन, यहाँको सवारी चाप हेरेर कभर हुँदा तलमाथि एकै पटक गाडी गुड्न सक्छ ।”

जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने मन्त्री महासेठको भनाइ थियो । अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्शन सञ्चालनमा ल्याएको छ । तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन शुरु गरेको थियो । डाइभर्शन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधन मनोहरा करिडोर हुँदै बालकुमारी जाने गरेका छन् । यसले गर्दा यस क्षेत्रको जाम केही मात्रामा कम भइरहेको मन्त्रालयले जनाएको छ ।

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण शुरु भएको छ । जडीबुटी चोकबाट ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि यो पुल निर्माणपछि सहयोग पुग्ने बताइएको छ । अरनिको राजमार्गमा ट्रापिक डाइभर्शनबाट ललितपुरतर्फ जाने सवारीसाधन मनोहरा करिडोरतर्फ मोड्ने गरिए पनि आँखा अस्पताल अगाडि कम चौडाइको पुल थियो । जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक सोही पुलमा घण्टौँसम्म जाम पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ । यसै वर्षबाट नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’बाट निर्माण शुरु हुँदैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०८:३१ मा प्रकाशित

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...