back
CTIZAN AD

२९ प्रतिशतको रोजाइमा नेपाल टेलिभिजन– अध्ययन

वि.सं.२०७६ असार २३ सोमवार

2.2K 

shares

२३ असार, काठमाडौँ। नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रूपमा पाइएको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रूपमा स्थापित भएको पाइएको हो ।

‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४२ जिल्लाका चार हजार १२९ घरधुरीमा मिडिया सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले ६० प्रतिशत सर्वसाधरणले टेलिभिजन हेर्ने र बाँकी ४० प्रतिशतले टिभी नहेर्ने तथ्य पत्ता लगाएको छ । यसरी नेपाल टेलिभिजन हेर्नेमध्ये ८० प्रतिशतले समाचार हेर्छन् । त्यसमा पनि ८७ प्रतिशतले राति ८ बजेको समाचार हेर्ने गरेका छन् ।

अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको छ । त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको तथ्याङ्क छ ।

टेलिभिजन हेर्ने कूल सङ्ख्यामध्ये २९ प्रतिशतले नेपाल टेलिभिजन हेर्न रुचाएको सेयरकास्टका मधु आचार्यले बताए । अध्ययनको प्रारम्भिक तथ्य आइतबार नेपाल टेलिभिजनमा आयोजित एक कार्यक्रमबीच प्रस्तुत गर्दै आचार्यले भने, “हाम्रो अध्ययनले नेपाल टेलिभिजन जनतामाझ लोकप्रिय भएको देखाएको छ र विदेशी च्यानलको तुलनामा नेपाली च्यानल सर्वसाधरणले बढी हेर्ने गरेको पाइएको छ ।”

नेपाल टेलिभिजनलगायत अन्य नेपाली च्यानलले अफ्नो पहुँच सर्वसाधारणमाझ पु¥याउन समाचार एवम् समाचारमूलक सामग्री तथा मनोरञ्जनात्मक सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिँदै प्राविधिक पक्षलाई समेत सुधार गर्न अध्ययनले सुझाव दिएको छ ।

अध्ययनकर्ता भूमि चापागाईंले अध्ययनले नेपालमा सबैभन्दा बढी हेरिने टेलिभिजन नेपाल टेलिभिजन रहेको देखाएको बताए । विशेष गरेर नेपाल टेलिभिजनको समाचारलाई धेरै दर्शकले मन पराएका तथा प्रदेश नं २ बाहेक अरू सबै प्रदेशमा नेपाल टेलिभिजन लोकप्रिय रहेको उनले जानकारी दिए ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनमा सर्वसाधरणको पहुँच बढ्नु र टेलिभिजनहरूमध्ये नं १ मा नेपाल टेलिभिजन नै दर्शकको रोजाइमा पर्नु सुखद् रहेको बताए । अध्ययनले प्रसारणमा प्रयोग हुने प्रविधिको सुधारका साथै कार्यक्रम उत्पादनमा गुणस्तर बढाउन तथा टेलिभिजनको व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

अध्ययनले नेपालका मिडियाप्रति जनताको विश्वास बढ्दो देखाउँछ । त्यसमा पनि नेपाली टेलिभिजन हेर्ने र त्यसमा सबैभन्दा बढी नेपाल टेलिभिजन हेर्ने पाइएको छ । यसले नेपाल टेलिभिजनलाई थप जिम्मेवार र प्रभावकारी सेवा विस्तार गर्न अभिप्रेरित गरेको अध्यक्ष विष्टले बताए ।

उनले भने, “समग्रमा नेपाल टेलिभिजन सबैभन्दा गुणस्तरीय छ, जनताबीच लोकप्रिय र पहुँचका हिसाबले प्रभावकारी छ, यसका कार्यक्रम चर्चित छन् र पनि सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् । प्राविधिक तथा कार्यक्रम उत्पादनमा गुणस्तर बढाउँदै समाचारलाई अझै गहिराइमा पुगेर प्रस्तुत गर्नुपर्ने र कार्यक्रमलाई विविधतायुक्त बनाउनुपर्ने आवश्यकता छ ।”

मुलुकको अभिभावक च्यानलका रूपमा रहेको नेपाल टेलिभिजनलाई विश्व परिवेष्टअनुरुप यसका सामग्रीलाई पनि समयसापेक्ष बनाउनुपर्ने टड्कारो आवश्यकता छ । दर्शकको चाहना र प्राथमिकताका आधारमा कार्यक्रमलाई बदल्नैपर्ने बाध्यता पनि बढेको छ । नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल, नेपाली टेलिभिजनको पहुँच अभिवृद्धि गर्न नेपाली टेलिभजनको सिग्नल प्रक्षेपण प्रभावकारी बनाउने लगायतका प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

पहिल्लो समय इन्टरनेटको पहुँचले गर्दा फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालप्रति सर्वसाधारणको आकर्षण बढिरहेको बेला रेडियो टेलिभिजनजस्ता सञ्चारका सशक्त माध्यमहरूसमक्ष आएका चुनौतीलाई सामना गर्न आफ्ना सामग्री तथा प्राविधिक पक्षमा रेडियो टेलिभिजनहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

अध्येता चापागार्इंका अनुसार नेपाल मिडिया सर्भेले विशेषगरी नेपालमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनको प्रयोगको अवस्था कस्तो छ भनेर अध्ययन गर्दै आएको र हरेक वर्ष अङ्ग्रेजी महीनाको पहिलो र दोस्रो महीनामा यो राष्ट्रियस्तरको सर्भे गरिने उल्लेख गर्नुभयो । यसले नेपाली ‘मिडियाको ओभरल ल्याण्डस्केप’ को अवस्था केछ भनेर नतिजा दिएको छ । मिडिया उपभोक्ताले के कस्ता विषय उपयोग गरिरहेका छन् । नगर्नेले किन र थप के चाहेको छ ।

अध्यक्ष विष्टका अनुसार नेपाल टेलिभिजनको पहुँच मुलुकको भू–भागको हिस्सामा ५२ र जनसङ्ख्याका आधारमा ७२ प्रतिशत रहेको छ । इन्टरनेट र स्याटेलाइटको माध्यमबाट यसको व्यापकता अझ बढ्दो छ । विश्वका १४५ भन्दा बढी मुलुकमा नेपाल टेलिभिजनको पहुँच विस्तार भइसकेको छ । नेपाल टेलिभिजन टेरेस्ट्रियल, स्याटेलाइट र इन्टरनेट तीनवटै माध्यमबाट प्रसारण हुन्छ । प्रसारण गुणस्तरका लागि हाई डेफिनेशन (एचडी) को माध्यमबाट नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारण भइरहेको र सोही अनुरुप कार्यक्रम पनि उत्पादन भइरहेकाले प्राविधिक रूपमा गुणस्तरीय च्यानलका रूपमा स्थापित हुँदै गएको जनाइएको छ । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०८:२३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...