जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । रोजगारीका लागि जापान पुगेका बाग्लुङ गल्कोट रिघाका ४० वर्षीय भविलाल घर्तीको शनिबार जुलाई ६ मा हृदयघातका कारण मृत्यु भएको हो ।
विगत तीन वर्षदेखि जपानको साइतामा रहेका उनी काम सकेर घर फर्कदै गर्दा रेलमै ढलेका थिए । तत्कालै एम्बुलेन्सबाट अस्पताल लैजादै गर्दा घर्तीको अस्पताल पुग्न नपाई ज्यान गएको गल्कोट समाज जापानका उपाध्यक्ष विजय सुवेदीले बताएका छन् ।
श्रीमतीसँगै जापानमा रहँदै आएका घर्तीका २ छोरा नेपालमै छन् । उनको १२ जुलाईका दिन जापानमकै दाहसंस्कार गरिने जनाइएको छ ।
वि.सं.२०७६ असार २३ सोमवार १५:१९ मा प्रकाशित


























