back

नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण

वि.सं.२०७६ असार २३ सोमवार

855 

shares

२३ असार, भक्तपुर । नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ ।

नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल गरे । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटनको आकर्षणका रुपमा लैजाने बताउनुभयो । उनले आफू मन्त्री हुँदा पहिलो महीनाको तलब दिएर निर्माण शुरु भएको पञ्चकन्या मन्दिर परिसरमा अहिले नेपाली सेनाले पानी ट्याङ्की र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको जानकारी दिए ।

पृतनापति श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्वको काम पनि इमान्दारीपूर्वक गर्दै आएको बताए । वीर दल गणका गणपति शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरी पाँच हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिए । करीब रु छ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजनाअन्तर्गत रु एक लाख ५० हजार, वीर दल गणको रु ६० हजार तथा वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा सो पानी ट्याङ्की र सत्तल निर्माण गरिएको उनले बताए । ।

सो पानी ट्याङ्की र सत्तल आज पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तानान्तरण गरिएको पनि उनले जानकारी दिए । गणपति पौडेलले चाँगुनारायण नगरपालिका– २ झौखेलमा पनि वीर दल गणले ३०० जना क्षमता रहेको सामुदायिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने चरणमा रहेको बताए। वडा नं ९ का अध्यक्ष उपेन्द्र केसीले विकास निर्माणमा नेपाली सेनाको सहयोग पाउनु खुशीको विषय भएको बताउँदै नेपाली सेनासँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताए ।

वि.सं.२०७६ असार २३ सोमवार १५:२८ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...