back

नेपालको पानी प्रसङ्ग र नाकावन्दी पछिको कतार

वि.सं.२०७६ असार २४ मंगलवार

600 

shares

केही समय अघि केही नेपाली युवाहरुले नेपालको पानी कतार पु¥याउन सकिने भनि देखाएको सम्भाव्यतालाई लिएर खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको छ । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन पनि थालेको बताइएको छ ।

तर नेपालको पानी कतार पुग्ला भन्नेमा कतारमा कार्यरत एक सामाजिक अभियन्ता सागर नेपाल आशंका व्यक्त गर्दछन् । एनआरएनएका पूर्व उपाध्यक्षसमेत रहेका उनले काठमाडौँवासीलाई पानी खुवाउने योजना वषौवर्षदेखि  अझै सम्पन्न नभैसकेको अवस्थामा नेपालले कतारमा खानेपानी निर्यात गर्दछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् । केही देशहरुले लगाएको नाकाबन्दी पछि कतार झनझन आत्मनिर्भर र समृद्ध हुँदै गैरहेको सन्दर्भमा नेपालबाट कतारमा खानेपानी निर्यात गर्ने योजना योजनामा मात्रै सिमित रहने र बरु कतारले नै पो नेपाल पानी निर्यात गर्ने सम्भावना रहने तर्फ उनले नेताहरुको ध्यानाकर्षण गर्दै भनेका छन् :

“अनौठो नमान्नु होला कुनै दिन कतारले पानी पनि निर्यात गर्यो भने! किनकी कतारको लिडरहरु सोचेर बोल्छन् र बोलेको कुरा पूरा गर्न समर्पित हुन्छन।

2 बर्ष पहिलाको कतार र आजको कतारमा कति फरक भएको छ भन्नेकुराको हामि प्रत्यक्ष दर्शी हौ । हिजो ८०% भन्दा बढी दुधको परिकार र त्यसरिनै साग-सब्जीहरु आयातित थियो आज कतारले आयातमा कमि मत्त्र हैन आत्मानिर्भर भैसकेको छ र निर्यात गर्न थालेको छ।

कतारले किन्न सक्छ भन्ने कुरा मात्त्र हेर्नुभन्दा हामी नेपालीले प्रकृया पुर्यायर बेच्न सक्छौ कि सक्दैनौ भन्ने कुरा महत्त्वपूर्ण होला जस्तो लाग्छ। कतारले त अहिले पनि विभिन्न देशहरुबाट उच्चस्तरको पानी निर्यात गरिरहेकै छ। हाम्रो धुन्चेमा भयको हिमालयन स्प्रीङ वाटर जस्तो पानी नेपालको अन्य कती ठाउहरुमा होला, तेस्तो पानीलाइ ब्रान्ड प्रोडक बनायर निर्यात गर्ने तिर ठोस कदम चालेमा असम्भव नहोला ।

के गर्नु, जुन देशमा यौटा खानेपानीको प्रोजेक्ट 35 बर्षमा पनि पूरा हुन सक्दैन त्यो देशले के खाडिमा पानी सप्लाइ गर्लार भनेर निरास छुइन म, गर्दा नसकिने कुरै हैन तर पहिला मेरो र तपाईंको परिवारलाई राजधानि लगायत गाउँ गाउँमा शुद्ध पानी पिउने- पिलाउने कोसिस पो पहिला गरिदिनु हुन्छ कि? भन्छन ” you are what you drink ”

आशावादी छु कि नेपालकै पानी कतार लाई बेच्न सकोस ……

NOTE -: According to the Qatar Environment and Energy Research Institute, or QEERI, tap and bottled water in Qatar is “very safe to drink.” The organization conducted a study looking at 113 samples of tap water and 62 samples of bottled water with favorable.

कतारमा धाराको पानी पिउन योग्य पानी हो।”

वि.सं.२०७६ असार २४ मंगलवार ०९:०४ मा प्रकाशित

Himalayan Life AD