back
CTIZAN AD

नेपाली कलाकारको साथमा इजरायलमा तीज महोत्सव हुँदै, तीज फोटो प्रतियोगिता पनि हुने

वि.सं.२०७६ असार २६ बिहीवार

2.3K 

shares

यसपल्टको हरितालिका तीजका अवसर पारेर इजरायलमा तीज उत्सव २०७६ को आयोजना गरिन लागिएको छ । झापाली समाज मुख्य आयोजक र दीपक प्रसाद ओली कार्यक्रम संयोजक रहेको सो कार्यक्रममा नेपालका चर्चित ५ राष्ट्रिय गायकहरु : प्रमोद खरेल, हिमाल सागर, चेतन सापकोटा, गायिकाद्वय शान्तिश्री परियार र टिका प्रसाईको प्रस्तुती रहने बताइएको छ ।

रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको रासकोट अस्पताल सहयोगार्थ झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित २० बढी संस्थाहरुको आयोजना साथै अन्य सम्पूर्ण संघसस्था, मिडियाहरुको सहकार्यमा ऐतिहासिक तीज कार्यक्रमको आयोजना गरिन लागिएको हो । समाजले इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपालीभाषी जनसमुदायमा उपस्थिति भई कार्यक्रम सफल बनाउन सहयोगका साथ हार्दिक अनुरोध गरेको छ । ।

मिती : अगष्ट ३०, शुक्रबार २०१९
स्थान : तेलअविभ युनिभर्सिटी हल
समय : बेलुका ८ बजेबाट

नेपाली समाज इजरायलले तीज फोटो प्रतियोगिता २०७६ को आयोजना गरेको हो । उक्त प्रतियोगितामा पहिलो हुनेले साम्सुङ्ग ग्यालेक्सी प्राप्त गर्नेछन् । समाजले इजरायलमा रहेका सम्पूर्ण दिदीबहिनीहरुलाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी हुनका लागि ९ बुँदा नियमहरु बनाइएको छ ।

सहभागी हुनका लागी तयार गरिएको केहि नियमहरु

१) सहभागि हुनको लागी Page को Member हुनुपर्ने Member को लागि यस [JSI Official ll इजरायल] Page Like गरेको हुनुपर्ने साथै सहभागी हाल: इजरायलमा रहेको हुनुपर्नेछ ।
२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।
३) फोटो साढि, कुर्था, लेंगा अथवा नेपाली कुनै पनि समुदाय वा धर्मको प्रतिनिधित्व गर्ने हुनुपर्छ (विदेशी, फेसनयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage मा पुरा नाम र थर सहित उपलब्ध गराउनु पर्नेछ । (यदपि ड्रेसका सम्बन्धमा नाबालिकामा लागु हुदैन)
४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।
५) कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।
६) भोट अगष्ट २६ राती १२ बजे सम्म मात्र गर्न पाईनेछ र नतिजा तिज कार्यक्रमको दिन अर्थात अगष्ट ३० शुक्रबार राती १२ बजे घोषणा गरीनेछ र उक्त समयमा नै पुरस्कार र प्रमाण पत्रले सम्मान गरिनेछ ।
७) भोट गन्ति गर्दा फोटोको लाइक र पेज लाइकलाई मात्र मान्यता दिईने छ ।
८) लाइक, कमेन्ट वा सेयर बढाउँन कुनै पनि प्रविधि, ह्याक, बुस्ट अथवा गलत तवर प्रयोग गरि लाइक बढाईएको पाइएमा उक्त सहभागीलाई बिजेताको हकदार बनाइने छैन ।
९) विजेता हुने प्रथम, दोश्रो र तेश्रो पुरस्कार घोषणा समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ ।

अन्य थप केहि भएमा वा केहि रहेमा सस्थाको पेजबाट आधिकारिक जानकारी गराइदै लगिने छ ।

 

वि.सं.२०७६ असार २६ बिहीवार १३:०९ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...