Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आँधीका कारण ग्रीसमा ६ पर्यटकको मृत्यु



२६ असार, ग्रीस ।  ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।
टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ ।

प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् । मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् ।

उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ । स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ