back
CTIZAN AD

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल धरानमा सारियो

वि.सं.२०७६ असार २६ बिहीवार

1.2K 

shares

२६ असार, धरान । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ ।

विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिए ।

असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उनले बताए । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि रु एक करोड प्रदेश सरकार र रु ३३ लाख अखिल नेपाल फुटबल सङ्घ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करीब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १३:५१ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...