back
CTIZAN AD

पहिरोको जोखिम २२ परिवार विस्थापित

वि.सं.२०७६ असार २७ शुक्रवार

687 

shares

२७ असार, रोल्पा । सुनछहरी गाउँपालिका –२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर,मानिस छैनन् । ‘बर्र्खा लागेपछि गाउँ छोडेर जङ्गल नजिक गोठमा सरेका छौ,’ चालवाङका ४९ बर्षीय थमन बुढामगर भन्छन्,‘गाउँमा सबैको घरमा तालाचाबी लागेका छ ।’
२२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ । गाउँलेका अनुसार ठाडो खोलामा आउने भेलले बर्सेनि बस्तीको तल्लो भूभागमा कटान गर्दै आएको छ । २०४५ सालयता बस्तीकाकै पुछारमा पहिरो जान थालेको सुनछरी गाउँपालीका –२ का वडाध्यक्ष टेमन घर्तीमगर बताउँछन् । पहिरोपीडित थमन बुढाका अनुसार पटकपटक वर्षातमा परी चालवाङका १० वटा घर पुरिएका छन् । बर्खामा बस्ती छाड्नाले मानवीय क्षति भएको छैन । गाउँमा पहिरो जान थाल्दा देशमा पञ्चायती व्यवस्था थियो ।बहुदल आयो । गणतन्त्रसमेत आयो । तर चालवाङवासीको दुःख हटेको छैन । शुक्रबारको अन्न्पूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ असार २७ शुक्रवार ०७:३६ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...