२७ असार, काठमाण्डौं । लागूऔष तस्करीमा नेपालीको संलग्नता धेरै पाइएको छ । पाँच वर्षयता पक्राउ परेका लागुऔषध तस्करको संख्याका आधारमा नेपालीको संलग्नता धेरै पाइएको हो ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार २०७३ देखि ०७६ बैशाखसम्म लागुऔषध तस्करीमा संलग्न १० हवार ८ सय ४९ जना पक्राउ परेका छन् । ती मध्ये ९ हजार ९ सय ९३ नेपाली रहेको शुत्रबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
लागु औषध नियन्त्रण व्युरोले उपत्यकासहित नेपालगन्ज, भैरहवा, वीरगन्ज, काकडभिट्टा, मकपानपुरलगायतका ठाउँमा साखा राखेर काम गरिरहेको छ ।
प्रहरीले विशेष गरी गाँजा, चरेश, फर्मास्युटिकल ड्रग (डाइजेपाम, ब्रुपेनर्फिन र फेनारगन) बरामद गरेको छ । २०७५ साउनदेखि ०७६ बैशाखसम्म प्रहरीले ५ हजार ७ सय ६६ किलो गाँजा,चरेस २ हजार ७५ किलो, हेरोइन ३ किलो, अफिम ५ किलो, डाइजेपाम १७ हजार ७ सय ५० वटा र अन्य १ लाख ७४ हजार ५ सय ६९ वटा बरमद गरेको रिर्पोट छ ।
वि.सं.२०७६ असार २७ शुक्रवार ०८:१२ मा प्रकाशित






























