Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतमा बाढीका कारण तीनको मृत्यु, चार लाख प्रभावित



२७ असार, गुवाहाटी, भारत ।  अत्यधिक वर्षासँगै आएको बाढीका कारण भारतको आसाम राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अरू चार लाख जना बाढीका कारण अलपत्र परेका छन् ।

“हामीलाई अहिलेसम्म प्राप्त विवरणअनुसार कम्तीमा तीन जनाको मृत्यु भएको छ, त्यसमध्ये दुई जनाको बाढीसम्बन्धी घटना र अर्का एक जनाको पहिरोका कारण मृत्यु भएको हो,”
आसाम राज्य विपद् व्यवस्थापन कार्यालयका अधिकारीले भनेका छन् ।
पछिल्लो २४ घण्टामा २५० भन्दाबढी गाँउ जलमग्न भएको पनि कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । सरकारले घटनास्थलमा खोजी तथा उद्धार गर्न र राहत उपलब्ध गराउन मातहतका निकायका अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ ।
हालै भित्रिएको मनसुनपछिको वर्षाका कारण यो हप्तामात्रै भारतका विभिन्न ठाउँमा ठूलो मात्रामा बाढी आएको र डुबान भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ