
विहे गरेको दुई वर्षमै आफूमाथि श्रीमानले घरेलु हिंसा गरेको भन्दै प्रहरी गुहारेकी शिल्पा पोखरेलका पति फिल्म निर्माता छविराज ओझाले आफू शिल्पाका लागि गान्धीवादी पनि बन्न सक्ने भन्दै भावुक पत्र लेखेका छन् ।
‘तपाईले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।’ उनले भनेका छन् ।
सोमबार ओझाले सामाजिक संजाल फेसबुकमा भावुक स्टाटस लेख्दै शिल्पालाई संसारको कुनै अदालतमा नजान र छवि ओझाको अदालतमा सिधै आउन अनुरोध गरेका छन् ।‘ छबी ओझाको अदालतमा सिधै आउनुस् तपाईले न्याय पाउनुहुनेछ ।’
उनले आफ्नो इतिहासमा पल्टाएर हेर्न शिल्पालाई अनुरोध गर्दै आजसम्म आफूले कुनै श्रीमतीलाई पनि अन्यायमा नपारेको लेखेको छन् ।
पूरा स्टाटस हेर्नुहोस्