१९ जुलाई, बेलायत । गुल्मी जिल्ला समाज युकेले मिर्गौला रोगले पीडित गोपाल बहादुर बिकलाई आर्थिक सहयोग गरेको छ ।
गुल्मी जिल्ला समाज युकेका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार मोतिराज भण्डारी र गुल्मी जिल्ला समाज युकेका बर्तमान उपाध्यक्ष तथा एनआरएनए युकेका सचिव तारानाथ भण्डारीको पहलमा संकलन गरिएको उक्त रकम इन्द्रेणी कार्यक्रममार्फत् बुधबार हस्तान्तरण गरिएको हो ।
चन्द्रकोट गाउँपालिका वडा नं ७ का २७ वर्षीय विकको उपचारका लागि २ लाख १ हजार रुपैयाँसहयोग गरिएको समाजका उपाध्यक्ष तारानाथ भण्डारीले संसारन्युजलाई बताए ।

बिकका लागि मन फुकाएर सहयोग गर्नेहरुमा तारानाथ भण्डारी नोटिघम १००, मोती भण्डारी ५०, गोकर्ण बस्नेत १५१, दिनेश खरेल २१, प्रेम गाहा मगर ५०, पूर्ण बहादुर बलाल २१, टोप पल्ली २५, रण बहादुर केसी २१, बरुण भण्डारी २१, कृष्ण ढकाल २५, कृष्ण खरेल २१, केशव भण्डारी २१, मुना खरेल सापकोटा २१, महलाल घिमीरे ३०, ओम थापा ५१, शम्भु अर्याल ३१, गुन थापा १५, राम सापकोटा २०, तारा भट्टराई २०, गणेश सापकोटा १५, अन्चल सापकोटा २१, ध्रुव भण्डारी (विष्णु) ३०, चेत राना लिम्घा २१, रुक्मांगत अर्याल २१, राम गलामी २०, मीन प्रसाद खरेल स्कटल्याण्ड २१, बीर बलाल २१, दिवाकर भण्डारी ३०, मन्जु भण्डारी खरेल २१, राम प्रसाद भण्डारी स्कटल्याण्ड २१, लछुमन भण्डारी नोटिंघम ५१, छविलाल रेगामी थापा ३१, नुर पुन रेडिङ १५, भेष थापा २०, चित्र गुरुङ÷भिमराज बर्मिङघम ३१, क्याप्टेन टम ढेंगा २१, झपट भुजेल २०, दुर्गा पाण्डे २०, गोपाल थापा १५, ओम बुढाथोकी २०, लक्ष्मी कुँवर २५, महेश अधिकारी २०, मुकुन्द हरि खरेल २०, दुर्गा थापा २१, युवराज खरेल २०, गोविन्द खरेल २१, आँचल सापकोटा नोटिङघम २१, भोजराज भण्डारी बर्मिङघम १५, याम राना बेजिङस्तोक ३१, शेर बलाल वेम्वली २०, थन राना २१, चन्द्र रहाडी अक्सर्फोड १५, रवि थापा २०, अर्जुन गौतम २०, तेज राना मगर १५, ज्ञान छन्त्याल २०, केशव भण्डारी (ढबाली) २१, अर्जुन भण्डारी (ढबाली) ६०, हिरा सापकोटा स्कटल्याण्ड २१, छविलाल तिवारी (कमला कोडरे) २५, मतिराम ढकाल (जमुना) २५ र कुष्ण भण्डारी कोल्चेस्टरले १५ पाउण्ड सहयोग गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा गोपाल विककी श्रीमती सुनिता बिक, निर्मला भण्डारी तथा गुल्मि जिल्ला समाज युकेका उपाध्यक्ष मोति पुनको सहभागितामा उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्यस्तै सहयोग गर्ने महानुभावहरु कसैको नाम छुट्न गएको भए ०७५३३१९२६८० मा फोन गरेर टिपाउन पनि समाजका उपाध्यक्ष तारानाथ भण्डारीले अनुरोध गरेका छन् ।
स्मरण रहोस् सन् २००७ मा मा सस्थापक अध्यक्ष ओम थापाको अध्यक्षतामा समाज गठन गरेर भुतपूर्व अध्यक्ष अर्जुन गौतम, राम गलामी हुँदै बर्तमान अध्यक्ष टोप पल्ली सम्म आइपुग्दा समाजले करिव ५ करोड रुपैयाँ बराबरको विभिन्न शिर्षकमा आर्थिक तथा भौतिक सहयोग गरेको छ ।
समाजले गुल्मीमा ४ एम्बुलेन्स, आसा अपांग केन्द्र गुल्मीलाई प्रत्येक वर्ष आर्थिक सहयोग, रेसुंगा क्याम्पस गुल्मी, प्रमानन्द क्याम्पस लाईब्रेरी गुल्मी, गुल्मी ब्लड बैंक, गुल्मी रेडक्रसलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।
त्यस्तै समाजले देशमा आइपरेका आगलागी लगायत समस्यामा आपत्कालिन सहयोग, किड्नी रोगले पीडित, क्यान्सर रोगले पीडित, निःसहाय टुहुरा बालबालिकाका लागि सहयोग, अस्पताल बनाउन सहयोग तथा नेपाली सस्कृति र नेपालीहरुको पहिचानको लागि युकेमा प्रथम नौमती बाजा गुल्मीको स्थापना गरि विश्वभरी नेपाली कला र सस्कृति फैलाउन ठूलो मद्दत गरेको छ ।
वि.सं.२०७६ साउन ३ शुक्रवार १५:३२ मा प्रकाशित




























