Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि



५ साउन, बेइजिङ । सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् ।
यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।
राष्ट्रिय सम्पत्ति निगरानी समितिका सचिव एवं प्रवक्ता फङ्ग ह्वा काङ्गले सोही बेइजिङमा सञ्चारकर्मीलाई जवाफ दिँदै यस वर्षको पूर्वाद्र्धमा चीनको केन्द्रीय व्यवसायको व्यापारिक आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएर जुन महिनामा खुद नाफाले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको बताएका हुन ।

प्रवक्ता फङ्गले हालै राष्ट्रिय सम्पत्ति निगरानी समितिले सक्रिय रुपमा प्रबन्धको उत्पादन, जहाजको उत्पादन र रासायनिक उद्योग आदि क्षेत्रको व्यावसायिक गतिविधिको अध्ययन गरेर राष्ट्रिय सम्पत्तिको बनौटलाई निरन्तर सुधार गर्ने पनि बताउनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ