back

अवैध लागूऔषध सहित ३ जना पक्राउ

वि.सं.२०७६ साउन ६ सोमवार

1.5K 

shares


६ साउन, काठमाडौं । बाँके, वर्दिया र मोरङका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका- १५ बाट सोही उपमहानगरपालिका -२२ बस्ने उपेन्द्र चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले युपि २१ एके ६६९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ब्याट्री राख्ने साईडमा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।

त्यस्तै वर्दिया, गुलरीया नगरपालिक-७ स्थितबाट गुलरीया नगरपालिका ४ तुलापुर बस्ने मनिष ठाकुरलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, केरावारी गाउँपालिका-१० स्थित बगैंचा चोकबाट सोही ठाउँका जिग्री भुजेल र १८ वर्षीय गणेश तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १३:०२ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...