back
CTIZAN AD

निर्मला हत्याका दोषी पत्ता लगाइन्छ, राजनीतीकरण नगरौं –गृहमन्त्री

वि.सं.२०७६ साउन ८ बुधवार

750 

shares

८ साउन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलत्कार तथा हत्या जघन्य अपराध भएपनि नयाँ र पहिलो नभएको बताएका छन् ।

उनले यस्ता घटनालाई पूर्ण रुपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए । आर्थिक वर्ष २०७५\ ७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्रिर्यामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको दाबी गरे ।

‘निर्मला बलात्कार र हत्या जघन्य अपराध हो, तर नयाँ र पहिलो होइन, हिजो पनि हुन्थ्यो, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ,’ तर दोषी पत्ता लगाएर छोडिन्छ,’ गृहमन्त्री थापाले भने । थापाले निर्मला प्रकरणको अझै पनि विभिन्न आयोगले दिएका प्रतिवेदनका आधारमा अनुसन्धान जारी रहेको र अपराधीलाई कानुनी कठघरामा ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए ।

उनले निर्मला हत्या प्रकरणलाई केही शक्तिले राजनीतीकरण गर्न खोजेको भन्दै विगतमा समेत यस्ता घटना हुने गरेको आरोप लगाए । ‘गृहले अपराधीलाई बचाउन खोज्यो भनेर केहीले गलत प्रचार गरिरहेका छन्, यो विषयलाई राजनीनीकरण गरिएको छ ।, हिजोको सरकारका पालामा पनि भएको थियो, विश्वमा यस्ता घटना हुन्छन्,भइरहन्छन् ।’ बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन ८ बुधवार ०८:०३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...