८ साउन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलत्कार तथा हत्या जघन्य अपराध भएपनि नयाँ र पहिलो नभएको बताएका छन् ।
उनले यस्ता घटनालाई पूर्ण रुपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए । आर्थिक वर्ष २०७५\ ७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्रिर्यामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको दाबी गरे ।
‘निर्मला बलात्कार र हत्या जघन्य अपराध हो, तर नयाँ र पहिलो होइन, हिजो पनि हुन्थ्यो, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ,’ तर दोषी पत्ता लगाएर छोडिन्छ,’ गृहमन्त्री थापाले भने । थापाले निर्मला प्रकरणको अझै पनि विभिन्न आयोगले दिएका प्रतिवेदनका आधारमा अनुसन्धान जारी रहेको र अपराधीलाई कानुनी कठघरामा ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए ।
उनले निर्मला हत्या प्रकरणलाई केही शक्तिले राजनीतीकरण गर्न खोजेको भन्दै विगतमा समेत यस्ता घटना हुने गरेको आरोप लगाए । ‘गृहले अपराधीलाई बचाउन खोज्यो भनेर केहीले गलत प्रचार गरिरहेका छन्, यो विषयलाई राजनीनीकरण गरिएको छ ।, हिजोको सरकारका पालामा पनि भएको थियो, विश्वमा यस्ता घटना हुन्छन्,भइरहन्छन् ।’ बुधबारको राजधानी दैनिकबाट