back
CTIZAN AD

किन दिँदैन भारतले नेपाललाई मौसमसम्बन्धी तथ्यांक

वि.सं.२०७६ साउन ८ बुधवार

654 

shares

८ साउन, काठमाडौँ । नेपालले भारतलाई १६ वर्षदेखि निरन्तर मौसमसम्बन्धी सम्पूर्ण तथ्यांक उपलब्ध गराउँदै आएको छ । तर, भारतले भने नेपाललाई हालसम्म त्यस्तो कुनै तथ्यांक उपलब्ध गराएको छैन । वर्षा, बाढी, आँधीलगायत प्राकृतिक विपत् तथा मौसमको पूर्वानुमान गर्न र यससम्बन्धी अध्ययनमा सहायक हुने त्यस्तो तथ्यांक सन् १९९३ देखि नै नेपालले भारतलाई उपलब्ध गराइरहेको हो । ०५० सालमा आउको बाढीले नेपाल र भारत दुवैतर्फ क्षति गरेपछि नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका अवसरमा दुवै देशबीच मौसमको तथ्यांक आदान–प्रदान गर्ने समझदारी भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव रामगोपाल खर्बुजाले बताए ।
सो समझदारी अनुसार नेपालले हाससम्म सम्पूर्ण जानकारी दिइरहे पनि भारतले भने कुनै पनि जानकारी हालसम्म नेपाललाई दिएको छैन । ‘खासगरी ०५० सालमा आएको बाढीले नेपाल र भारत दुवैतिर ठूलो धनजनको क्षति भयो । केही समयपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणमा मौसमसम्बन्धी तथ्यांक आदान–प्रदान गर्ने सहमति भएको थियो ।’ बुधबारको नयाँ पत्रिका बाट ।।

वि.सं.२०७६ साउन ८ बुधवार ०८:१० मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...