Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

किन दिँदैन भारतले नेपाललाई मौसमसम्बन्धी तथ्यांक




८ साउन, काठमाडौँ । नेपालले भारतलाई १६ वर्षदेखि निरन्तर मौसमसम्बन्धी सम्पूर्ण तथ्यांक उपलब्ध गराउँदै आएको छ । तर, भारतले भने नेपाललाई हालसम्म त्यस्तो कुनै तथ्यांक उपलब्ध गराएको छैन । वर्षा, बाढी, आँधीलगायत प्राकृतिक विपत् तथा मौसमको पूर्वानुमान गर्न र यससम्बन्धी अध्ययनमा सहायक हुने त्यस्तो तथ्यांक सन् १९९३ देखि नै नेपालले भारतलाई उपलब्ध गराइरहेको हो । ०५० सालमा आउको बाढीले नेपाल र भारत दुवैतर्फ क्षति गरेपछि नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका अवसरमा दुवै देशबीच मौसमको तथ्यांक आदान–प्रदान गर्ने समझदारी भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव रामगोपाल खर्बुजाले बताए ।
सो समझदारी अनुसार नेपालले हाससम्म सम्पूर्ण जानकारी दिइरहे पनि भारतले भने कुनै पनि जानकारी हालसम्म नेपाललाई दिएको छैन । ‘खासगरी ०५० सालमा आएको बाढीले नेपाल र भारत दुवैतिर ठूलो धनजनको क्षति भयो । केही समयपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणमा मौसमसम्बन्धी तथ्यांक आदान–प्रदान गर्ने सहमति भएको थियो ।’ बुधबारको नयाँ पत्रिका बाट ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले