Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

विर्तामोडको व्यापारिक भवनमा आगलागी



१२ साउन भद्रपुर । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ ७ बजे आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ८ बजेसम्म आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् ।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उहाँले बतनए । आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ