back
CTIZAN AD

विर्तामोडको व्यापारिक भवनमा आगलागी

वि.सं.२०७६ साउन १२ आइतवार

1.1K 

shares

१२ साउन भद्रपुर । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ ७ बजे आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ८ बजेसम्म आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् ।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उहाँले बतनए । आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ

वि.सं.२०७६ साउन १२ आइतवार १२:०४ मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...