१२ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका लागि समान प्रश्न रहेनछन् ।
आज हामीले माध्यामिक तह सबै विषयहरुका लागि उपयोगी हुने प्रश्नसंगालो लिएर आएका छौं । अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका प्रश्नहरुतर्फ
तहः माध्यामिक द्वितीय पत्र : पेसागत ज्ञान
पूर्णाङक : ३५
प्रश्न नं १. सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया उल्ल्ेख गर्दै उक्त समितिले गर्ने कुनै ५ ओटा कार्यहरुको सूची तयार गर्नुहोस् । ५
प्रश्न नं २. बालविकासको परिचय दिनुभई यसका विशेषता संक्षेपमा उल्लेख गर्नुहोस् । ५
प्रश्न नं ३. सिकाइ भन्नाले के बुझ्नुहुन्छ ? विभिन्न मनोवैज्ञानिक तथा विद्धानहरुले दिएका कुनै चारओटा सिकाइका परिभाषहरु उल्लेख गर्नुहोस् । ५
प्रश्न नं ३. सिकाइ भन्नाले के बुझ्नुहुन्छ ? विभिन्न मनोवैज्ञानिक तथा विद्धानहरुले दिएका कुनै चारओटा सिकाइका परिभाषहरु उल्लेख गर्नुहोस् । ५
प्रश्न नं ४. विद्यालयमा सिकाइ वातावरण निर्माणका लागि के कस्ता कार्यहरु गर्नुपर्ला ? तपाईको आफ्नो अनुभवका आधारमा लेख्नुहोस् । ५
प्रश्न नं ५. सञ्चार र सहकार्यको अर्थ स्पष्ट पार्दै शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार प्रभावकारी शिक्षणका लागि एउटा शिक्षकमा के कस्ता सञ्चार तथा सहकार्यसम्बन्धी सक्षमताहरु हुनुपर्ने व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् । ५
प्रश्न नं ६. शिक्षकको पेशागत विकास भनेको के हो ? शिक्षकको पेशागत विकासको सन्दर्भमा निरन्तर सिकाइको अवधारणागत आवश्यकतालाई स्पष्ट पार्नुहोस् । ५
प्रश्न नं ७. नेपाल अधिराज्यको संविधान, २०४७, नेपालको अन्तरिम संविधान, २०६३ तथा नेपालको संविधान, २०७२ मा रहेका मौलिक हकअन्तर्गत भएका शिक्षासम्बन्धी व्यवस्थाहरु उल्लेख गर्नुहोस् । ५
वि.सं.२०७६ साउन १२ आइतवार १२:११ मा प्रकाशित
























