back
CTIZAN AD

लामखुट्टे धपाउन बालिएको आगोबाट चौबीस लाखको क्षति

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares

६ मंसिर, राजविराज । सप्तरीको मलेठ गाविस–५ मा आइतबार आगलागी हँुदा रु २४ लाख मूल्यबराबरको क्षति भएको छ ।

स्थानीय मुलकी यादवको गाई गोठमा लामखुट्टे धपाउनका लागि बालिएको आगोबाट आचानक आगलागी हुँदा निजको भान्सा कोठा र गाई गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही आगोले निजको छोरा रामजी यादवको एकतले पक्की घर र छिमेकी विष्णुदेवी यादवको एकतले घर पनि पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद जिन्सी गरी करिब रु २४ लाख मूल्यबराबरको क्षति भएको छ । आगोलाई स्थानीयवासी र जिप्रकाबाट गएको प्रहरी टोलीले नियन्त्रण गरेको थियो ।

यस्तै नेपालबाट अवैध रुपमा भारत लगिरहेका ४० केजी गहँु सप्तरी प्रहरीले छिन्नमस्ता गाविस–२ बाट आज बरामद गरेको छ ।

साल्ट ट्रेनिङ कर्पोरेसनबाट नेपालका लागि वितरण भएको गहँुको बीउ बरामद गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:४६ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...