१४ साउन, काठमाडौँ । किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विपरीत नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिइएको छ ।
भारतीय सहित भुटानी र तिब्बती शरणार्थीलाई फर्जी कागजात तयार पारेर नागरिकता जारी गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता वितरण गरिएको अभिलेख फाइल नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विदेशीलाई नेपाली नागरिकता दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार २०६० सालपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएका सबै नागरिकताको फाइल गृह मन्त्रालयले नियन्त्रणमा लिएको छ । तर काठमाडौँ प्रशासनका सूचना अधिकारी कृष्णबहादुर कटुवाल यस विषयमा बोल्न चाहेनन् । मंगलबारको नागरिक दैनिकबाट