यो अन्तिम पटक हो संसद सके जति लुटौ,
जुनसुकै होस पार्टी हाम्रो तर एक भएर उठौ !
पत्रकार सबै पार्टी कै हुन लेख्छन् मिलाएर,
हैसियत नभएका फेसबुके हरु केहि हुन्न कराएर !
भुकम्प को पिडा पनि बिर्सिएको घाँऊ भयो,
नाकाबन्दी इतिहासमा हराएको नाँऊ भयो !
संबिधान कार्यन्वयन हुदाँ आधै हुन्छौ बेरोजगार,
त्यहि भएर पाउनु पर्छ मन्त्री हामी यसै वार !
हेर भोका नाङ्गा, हेर नेपाली हेर शोषित पिडित हो,
यो हाम्रो अन्तिम अवसर हो लुट्न सकेको लुट्छौ !
लाले, काले, माले, मसाले एक भएर जुट्छौ !!
वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:५७ मा प्रकाशित