१ अगस्त, बेल्जियम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचन १८ अगस्तमा हुने भएको छ ।
संघको १९ मे मा बसेको बैठकको निर्णय अनुसार प्रायोजित अधिकार र त्यसपछि पदाधिकारीहरुको परामर्शमा निम्नानुसार निर्वाचन समिति गठन गरिएको बताइएको छ ।
जसमा निर्वाचन प्रमुखमा गंगाधर गौतम र सदस्यहरुमा यामु निरौला, प्रकाश पौडेल, शोनाम शेर्पा, रोशन जोशी–भिम), इन्द्र प्रसाद ओली, सदस्यसचिवमा दिपेन्द्र केसी रहेको संघकी महासचिव आङमाया लामाले जनाएकी छन् ।