back
CTIZAN AD

डिसी राज्यका झापालीहरु बनभोज कार्यक्रममा रमाए

वि.सं.२०७६ साउन १६ बिहीवार

897 

shares

डिसी मेट्रो क्षेत्रमा बसोबास गरिरहेका झापालीहरु वनभोज कार्यक्रममा रमाएका छन् । मेरिल्याड राज्यको बोईड्स सहरमा रहेको ब्ल्याक हिल रिजिनल पार्कमा आयोजना गरेको उक्त वनभोज कार्यक्रममा आयोजना गरिएको वनभोज कार्यक्रम परिचयात्मक साथै मनोरञ्जनात्मक बनाइएको थियो । बनभोज कार्यक्रममा करिब २०० नेपालीहरुको सहभागिता रहेको थियो।

सो अवसरमा शिक्षा, स्वास्थ्य र विकासका दृष्टिले पछी परेको झापा जिल्लामा रहेको सबैभन्दा दक्षिण पुर्वी गाउँपालिका ‘कचनकवल’मा एउटा एम्बुलेन्स खरिद गर्ने योजनामा बल पुर्याउन करिब २१०० डलर अनुदान उठाउने प्रतिबद्दता समेत गित, संगित, नृत्य, कविता, गजल, मुक्त्तक लगायतका कार्यक्रमले पिकनिकलाई रोमान्चक बनाएको थियो ।

निरन्तर समाजसेवामा खटिईरहने श्रीमान– श्रीमती दई जोडीहरु प्रेम र मन्जु संग्रौला एवं खगेन्द्र र माया अधिकारीले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा पिके ट्याक्स एण्ड रियल्टर्सका प्रबिन खड्काले करिब १०० जना सहभागीलाई फ्रि रजिस्ट्रेशन गराई लक्की ड्र गरेर एक थान आईप्याड उपहार स्वरुप उपलब्ध गराएका थिए ।

सिता पाण्डेले पिकनिक कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै साहित्यकार झापाली समाज अमेरिकाको भर्जिनिया, मेरिलैंड र पेन्सिलभेनिया राज्य एवं डिसी मेट्रो क्षेत्रको लागि क्षेत्रीय समिति बनाउन आबश्यक भएकाले ईच्छुक साथीहरुलाई आफ्नो नाम दिनुहुन समेत जानकारी गराएकी थिइन ।
कार्यक्रमको अन्त्यमा पिकनिक कार्यक्रमको खर्च र आम्दानी सार्वजनिक गरिएको थियो । झापाली समाज अमेरिकाको क्षेत्रीय समितिमा रही योगदान पुर्याउने १५ जनासम्म व्यक्तित्वहरुको छनौट गर्ने लक्ष्य रहेकोमा पिकनिक स्थलबाट १० सदस्यीय अस्थाई समिती निर्माण गरिएको जानकारी गराईएको थियो।

यसै गरी प्रत्येक वर्ष वनभोज कार्यक्रम गरी झापा जिल्लाका पछी परेका ठाउँहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेको योगदान गर्ने गराइने उद्देश्य राखेर गठन गरिएको झापाली समाज अमेरिकाको सो अवसरमा उपक्षेत्रीय समितिसमोत गठन गरिएको थियो । उपक्षेत्रीय समितिमा अर्जुनधाराका रमेश खनाल, बिर्तामोडबाट रमिता प्रसाईं, गौरिगन्जबाट शिव साह, गौरादहबाट गौरा रिसाल, मेचीनगरबाट सन्तोष प्रसाई, तोपगाक्षीबाट तोया पौडेल, दमकबाट दुर्गा सिटौला, जलथलबाट अर्जुन ढुंगेल, बुद्धशान्तिबाट गुरु ओली र दमकबाट रुद्र ढुंगेल सहित १० सदस्यको नाम समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो, १५ सदस्यीय सो समितिमा बाँकी सदस्य पछि थप गरिने बताइएको छ ।

पिकनिक कार्यक्रमा स्पोन्सर गर्ने मध्येबाट नेपाली रियल्टर्सका कविन्द्र सिटौलाले कविता बाचन गरेका थिए भने नेपाली डायस्पोरा ईनभेस्टमेन्ट फण्डका सुरेश अधिकारी र रमेश खनालले कम्पनीको उद्देश्य र बिजनेश परियोजनाहरु बारे जानकारी गराएका थिए । नवगठित समितीले सम्पूर्ण नेपालीहरुलाई निमन्त्रणा गर्दै २०२० मा गरिने परिचय, भेटघाट, मनोरन्जन, छलफल एवं बनभोज कार्यक्रम भर्जिनियामा गर्ने निर्णय गरेको थियो।

वि.सं.२०७६ साउन १६ बिहीवार १२:४८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...