back
CTIZAN AD

कविता : उठाऊँ हात

वि.सं.२०७६ साउन १८ शनिवार

801 

shares

रमेर काममा सधैँ अडिग भै सदा सदा
उचालूँ देश नै युवा जमेर काममा सदा
यो देशका कुरा सबै गरेर मात्र बस्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !

उठेर हेर मर्द हो यो देश भन्छ के सुनौँ
लिएर साथमा ध्वजा छुनूछ जून लौ सुनौँ
उमेरमैँ त काम सब् सकेर वीर बस्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !

हे नारी देशका सबै एकत्र गोल भै उठौँ
फुकी कदम् सदा सदा समग्र जोसले उठौँ
गरिबी र निरीहता लजाई फुत्त भाग्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन्

हे देश–पुत्र शैन्य हो किसान हो सबै जुटौँ
अबेर भो अबेर भो सरक्क आज नै जुटौँ
’डटेर कृष्ण भै उठौँ’ अनि सबै त जाग्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !

दमक, झापा

वि.सं.२०७६ साउन १८ शनिवार ०८:३३ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...