back
CTIZAN AD

‘सबैले बिर्सिदिए पुग्छ मलाई’ भन्दै युवक संसारबाट बिदा भए

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares

आजकलका बालबालिकाहरु सानो कुरालाई पनि धेरै नै गम्भिरताका साथ लिन्छन् । त्यस्तै जिद्दि, झगडालु, छिट्टो आवेगमा आउने गर्दछन्, जसले गर्दा जीन्दगी सक्ने जस्तो गलत निर्णय गर्न पुग्छन् । यस्तै दुखद् समाचार बनेका छन्, ललितपुरका एक किशोरले ।
१८ वर्षीय ती किशोरले आइतबार फेसबुकमा आँशु झदै गरेको तस्विर राखेर लेखेका छन् ‘सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौँला ।’

आत्महत्या गर्नुकेही दिनअघि देखि उनका स्टाटसहरु निराश खालका छन् ।
आत्महत्या गर्नु अघिल्लो दिन पनि उनले
‘ जिन्दगी हरेक दिन उस्तै नहुदोरैछ।
कहिले उदाएको घाम जस्तै त कहिले
अस्ताउन लागेको सूर्य जस्तै।’ भन्ने स्टाटस लेखेका छन् ।
त्यसअघि
‘अजिबको छ मेरो एक्लोपन न।
खुस्शी छु, न उदास छु, बस।।
खाली छु खामोस् छु। स्टाटस लेखेका छन् । ‘

धादिङ गल्छी घर भई ललितपुरमा ११ कक्षामा पढ्दै गरेका युवक लामा विभिन्न कारणवस खुट्टा गुमाएकाहरुका लागि उदाहरणीय व्यक्तित्व बनेका थिए ।

२०६९ सालको दशैँमा धादिङ गल्छीस्थित घर जाँदै गर्दा भएको बस दुर्घटनामा परेपछि उनले एउटा खुट्टा गुमाउनु परेको थियो। त्यसको केही समयपछि उनले आमालाई पनि यो संसारबाट गुमाए । पीडामाथि पीडा थपिँदा पनि युवक धेरै युवकहरुका लागि प्रेरणाको स्रोत बनेका थिए । उनले साइकलबाटै देशको विभिन्न ठाउँको यात्रा गरेका छन् ।
जिन्दगीको यति ठूला पीडा पनि सहेर उदारहणीय व्यत्तित्व बनेका उनले शायद जिन्दगीदेखि हरेश खाएर यस्तो गलत निर्णय गर्न पुगे । मर्नु त एकपटक सबैलाई छँदैछ, त्यसैले जिन्दगी हाँसेर बाँच्न सिकौँ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १०:३५ मा प्रकाशित

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...