back
CTIZAN AD

६० करोड लगानीमा बन्यो कविलास रिसोर्ट

वि.सं.२०७६ साउन २४ शुक्रवार

1.2K 

shares

२४ साउन, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ ।

विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा क्षेत्रफलमा फैलिएको छ ।

कविलास रिसोर्ट प्रालिका अध्यक्ष इञ्जिनीयर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व बोकेको यस जिल्लामा फरक पन दिने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । हाल रिसोर्टमा ७५ वटा कोठा रहेका छन् । रिसोर्टको क्षमता विस्तार गर्दै १०० वटा कोठा पु¥याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिए । हाल सञ्चालनमा आइसकेको भए पनि पूर्णरुपमा काम सम्पन्न गर्न रु एक अर्ब लगानी लाग्ने उनको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडकखण्डबाट १ दशमलव ८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट बससमेत सञ्चालन गरिँदै आएको छ ।

रिसोर्टमा सात वटा भिल्ला छन् । तिनमा छ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरी १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिए । तीन वटा बैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई वटा बैठक हलमा २००÷२०० जना अट्ने क्षमताका रहेका छन् ।

पिकनिक जानेहरूको भिड

शहरको नजिक रहेका पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनाबर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘आन्तरीक पर्यटक र बाह्य पर्यटकहरुलाई चितवनमा आकर्षित गर्न थप एउटा गन्तब्यका रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’

चितवनमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ । वनभोजका लागि १०० समूहलाई खान मिल्ने गरी व्यवस्थापन गरिएको रिसोर्टका व्यवस्थापक सुलभ ढकालले जानकारी दिए । पच्चीस वटा वनभोजस्थल निर्माण सम्पन्न भइसकेको र अन्य बन्दै गरेका छन् ।

अध्यक्ष उपाध्यायका अनुसार सामुन्द्रिक सतहबाट ५५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढ बजार क्षेत्रकोभन्दा पाँचदेखि सात डिग्रीसम्म तापक्रम फरक पर्ने गर्दछ । गर्मीको समयमा शीतल र जाडोको समयमा बिहानै पारिलो घाम लाग्ने भएकाले बसोबास गर्न आउनेका लागि छुट्टै अनुभूति दिलाउन सकिने ढकालले बताए।

फनपार्कभित्र पानी र सुक्खा खेल रहेका छन् । बाइक रेस, कम्प्युटर र भिडियो गेम, फुटबल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्विल, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतका खेलमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्ने ढकालको भनाइ छ ।

पानीको खेलमा परिवारका सबै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिङ्गल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ । रिसोर्टमा प्राङ्गारिक खेती गरिएको छ ।

स्थानीय जातका कुखुरा, खसी, बाख्रा, हाँस, खरायो, बट्टाई चरापालन गरिएको छ । तरकारीसमेत प्राङ्गारिक उत्पादन गरेर खुवाउने गरिएको छ । आफ्नै खोर र बारीमा उत्पादितले नपुगेमा स्थानीयको उत्पादन खरीद गर्ने योजना बनाइएको ढकालले बताए ।

के–के छन् रिसोर्टमा

दुईदशकभन्दा बढी समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्नुभएका ईन्जिनीयर बाबुराम उपाध्यायको नेतृत्वमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । रिसोर्टमा १०० जना कर्मचारी कार्यरत छन् । पूर्णरुपमा सञ्चालनमा आउँदा यो सङ्ख्या दोब्बर हुने उपाध्यायको भनाइ छ । खानेकुरा सबै त्यही उत्पादित प्राङ्गारिक खुवाइने भएकाले धेरैले रोजगारी पाउने उहाँको भनाइ छ । जिल्लामा राप्ती र नारायणी नदीमा होटल रिसोर्ट भए पनि पहाडमा ठूलो लगानीमा निर्माण गरिएको यो पहिलो रिसोर्ट हो ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले पहाडमा खुलेका यस्ता रिसोर्टका कारण जिल्लामा भित्रने पर्यटकको सङ्ख्या बढ्ने बताए । उनले ती क्षेत्रमा हाइकिङ र ट्रेकिङको अनुभूति पर्यटकलाई दिलाउन सकिने भएकाले जिल्लामा पर्यटन प्रवद्र्धनमा रिसोर्ट सहयोगी बन्ने बताए ।

केहि महीनाअघिबाट आंशिकरुपमा सञ्चालनमा आएको रिसोर्टमा विदेशी र स्वदेशी पर्यटकसँगै स्थानीय आउने गरेको जनाइएको छ । सो क्षेत्रमा अन्य होटल रेष्टुराँ र भुल्ने ठाउँ नभएकाले एकान्तमा तालीम, गोष्ठी गर्न चाहनेको रोजाइमा रिसोर्ट पर्ने गरेको छ । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार १६:२० मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...