back
CTIZAN AD

कास्कीको नापीमा मोबाइल एप

वि.सं.२०७६ साउन २८ मंगलवार

1.1K 

shares

२८ साउन, कास्की । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने गर्दछ । दिनहुँ भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ । तर, जिल्ला नापी कार्यालयले भने सेवालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रयोग गरी मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई दिन शुरु गरेको छ ।
देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको कार्याल यप्रमुख इञ्जिनीयर खिमलाल गौतमले बताए । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने विश्वास लिइएको छ ।
गौतमका अनुसार ‘नापी पोखरा (क्यप्ए)’ एप्सको माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् । सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् ।
सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।
एपबाट टोकन लिइसकेपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाको बटममा क्लिक गरी सेवा चयन गर्न सक्नेछन् । सेवाग्राहीले आफूलाई अनुकूल मिति र समय पेश गरेको सूचना सम्बन्धित फाँटवालाले स्वीकार गरेपछि सेवा लिन आउनुपर्ने समय र मितिका बारेमा सेवाग्राहीले मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन् ।
दर्ता स्रेस्ता मिलाउनका लागि दिने निवेदन, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रेखाङ्कनका लागि दिने निवेदन ढाँचा, नक्साको ब्लुप्रिन्टका लागि चाहिने निवेदनलगायत कार्यालयका लागि आवश्यक १५ वटा निवेदनको ढाँचा एप्लिकेशनमा राखिएकाले सेवाग्राहीलाई सहज हुनेछ । अरू कसैको सहायता आवश्यक नपर्ने तथा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट समयको बचत हुने बताइन्छ ।
कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् । कार्यालयप्रमुख गौतमले भने, “जमीन नाप नक्सा तथा अद्यावधिकको कामलाई समयानुकूल प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने र समय चापको व्यवस्थापन गरी सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ने बित्तिकै सेवा प्रदान गर्ने उद्देश्यले एप्स निर्माण गरेका हौँ ।”
एप्सको प्रयोगबाट गैरकानूनी कार्यलाई निरुत्साहित गर्न र सुशासन स्थापनामा सहयोगी हुने साथै कार्यालय प्रमुख, सेवाग्राही र सम्बन्धित फाँटवालाबीच समन्वयका लागि एप्लिकेशनमा तीनवटा ‘लग इन’ सहितको आन्तरिक संरचना रहेकाले पनि तत्कालै सेवा प्रवाह र गुनासोको सम्बोधन गर्न सघाउनेछ । १५औँ आवधिक योजनाको प्रस्तावित आधारपत्रमा भूमि व्यवस्थालाई आधुनिक, प्रविधियुक्त, सरल र पारदर्शी बनाउने तथा जग्गा प्रशासनको क्षेत्रमा देखापरेका कमीकमजोरीहरुलाई सुधार गरेर सेवा प्रवाहमा थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यमा सो एपबाट सहयोग पुग्ने विश्वास कार्यालयको छ । एप्लिकेशन रु तीन लाख लागतमा पाथओए टेक्नोलोजी सर्भिसेजले तयार पारेको हो ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:०७ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...