back
CTIZAN AD

अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन ः ब्राजिल

वि.सं.२०७६ भदौ ९ सोमवार

1K 

shares

९ भदौ, रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन् ।

अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा चासो व्यक्त गरिएको चासोलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, “हाम्रा एकाइहरूले उक्त क्षेत्रमा डढेलो नियन्त्रणमा ल्याउन काम शुरू गरिसकेका छन् । अहिले जङ्गलमा आगो विश्वव्यापीरूपमा चर्चा गरिएजस्तो विकरालरूपमा फैलिएको छैन । डढेलोको वन क्षेत्रमा नभई स्थानीयद्वारा पहिल्यै फडानी गरिएको खाली क्षेत्रमा बढी प्रभाव परेको हो ।”
ब्राजिलमा यसवर्ष औसत सङ्ख्यामा नै डढेलोका घटना भएको राष्ट्रपतिले बताए । उनले भने, “विगत केही वर्ष यता हेर्दा यस वर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ ।”

“विश्व समुदायको ध्यानाकर्षण भएको जङ्गल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ ।”
यद्यपि ब्राजिलको नेशनल इन्स्टिच्यूट फर स्पेश रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औसत धेरै वर्षा हुने घना जङ्गलमा लागेको पाइएको उल्लेख छ ।
अमेजनको अत्यधिक वर्षा हुने जङ्गलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ । बाँकी ५५ लाख वर्गकिलोमिटर जङ्गल दक्षिण अमेरिकामा पर्छ । अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो । (सिन्ह्वा)

वि.सं.२०७६ भदौ ९ सोमवार ०९:५० मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...