back
CTIZAN AD

थुनामा रहेकी महिलाले बन्दीगृहमै छोरी जन्माइन्

वि.सं.२०७३ मंसिर ९ बिहीवार

1.1K 

shares

९ मङ्सिर,लिबाङ (रोल्पा) । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले बुधबार  छोरी जन्माएकी छिन् ।

खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै बुधबार  बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफैँले जन्माएको सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन् । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ ।

कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भन्नुभयो “हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधिभरका लागि रु एक हजार, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएका छौं । यसबाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो ।”

सहायक प्रहरी निरीक्षक रावतका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ । उनी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन् । उनको घरमा पति गोपाल बुढाथोकी, तीन वर्षीय छोरासमेत रहेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:४२ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...