back
CTIZAN AD

एनआरएनए युरोपको संयोजकमा प्रेम गुरुङले पनि दिए उम्मेदवारी

वि.सं.२०७६ भदौ १३ शुक्रवार

612 

shares

३० अगष्त ,बेल्जियम । गैर आवासिय नेपाली संघ(एनआरएनए)को युरोप संयोजकमा प्रेम गुरुङले उम्मेद्वारी दिने भएका छन् । एनआरएनए बेल्जियमको पूर्वअध्यक्ष समेत रहेका गुरुङ आगामी अक्टोबरमा हुने एनआरएनएको नवौं सम्मेलनको लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए बेल्जियमको २०१३\०१५ काअध्यक्ष रहेका गुरूङ युरोपीयन उपसंयोजक रहेर कार्यभार सम्हाली सकेकाछन् । आफु अध्यक्ष रहेकोबेला बेल्जियममा अप्ठेरोमा परेका नेपालीहरूको हीतको लागि अक्षयकोष स्थापना गरेका गुरुङ ले नेपालमा भूकम्प पीडितको सहयोगार्थ बिभिन्नकार्यक्रमहरू सञ्चालन गरी एक करोड बढी रूपैयाँको सहयोग जुटाउन सफलभएका थिए ।

बेल्जियममास्थापित व्यावसायीको रूपमा परिचित गुरूङले हाल सफल रूपमाहोटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेकाछन् । आफ्नाप्रतिवद्धता र कार्यक्रमनिर्धारणमा हाल ब्यस्त रहेको र निकट भविष्यमै प्रष्ट खाकासहित प्रस्तुत हुने कार्यक्रम रहेको बताएका छन् ।एनआरएनएको युरोप संयोजकमा यसअघि नै गंगाधर गौतमले पनि उम्मेद्वारी दिएका छन् ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०९:५२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...