back
CTIZAN AD

सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

वि.सं.२०७६ भदौ १५ आइतवार

777 

shares

१५ काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् ।

प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताए ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पु¥याउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’समेत गरेको बताउँदै उनले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गरे । उनले शैक्षिकरूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

सो अवसरमा मुख्यमन्त्री राउतले उक्त विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गरे।

वि.सं.२०७६ भदौ १५ आइतवार १५:४६ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...