१५ भाद्र, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिकताको पर्व भन्दै यो पर्वले थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे ।
वि.सं.२०७६ भदौ १५ आइतवार १५:२३ मा प्रकाशित