back
CTIZAN AD

काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

वि.सं.२०७६ भदौ २२ आइतवार

810 

shares


२२ भाद्र, सुनसरी । यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ ।

महामानव विपी कोइरालाको १०६ औँ जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताए ।

जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सुनसरी आउने तयारी भएको पार्टीका सभापति कोइरालाले बताए । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, विजयकुमार गच्छदार, डा शेखर कोइराला, सुजाता कोइराला लगायतका शीर्ष नेताहरु सुनसरी आउने कार्यक्रम तय भएको पार्टीका सुनसरी सचिव केदार भण्डारीले बताए ।

जागरण अभियान कार्यक्रमलाई लक्षित गरेर मञ्च व्यवस्थापन, कार्यकर्ताहरुलाई आमन्त्रण गर्ने लगायतका कार्य भइरहेको पार्टीका सचिव भण्डारीले बताए । सुनसरीमा पछिल्लो समय काङ्ग्रेस बलियो बन्दै गएको र अझ बलियो बनाउनका लागि सुनसरीबाटै जागरण अभियान शुरु गर्ने तयारी भएको पार्टीले जनाएको छ ।

काङ्ग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलाप विरुद्धमा आफ्ना नेता तथा कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताको मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको कार्यक्रम तय गर्ने तयारी भएको पार्टीका सचिव भण्डारीले बताए ।

यसैबीच अभियानका क्रममा इनरुवा–२ मा रहेको पार्टी कार्यालय परिसरभित्र निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको उद्घाटनसमेत सोही दिन गर्ने तयारी भएको पार्टीले जनाएको छ ।

वि.सं.२०७६ भदौ २२ आइतवार १३:१० मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...