back
CTIZAN AD

एनआरएनए साउदी अरबको अध्यक्षमा तेज थापा

वि.सं.२०७६ भदौ २२ आइतवार

747 

shares

२२ भदौ, साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदीको सातौँ अधिवेशनले तेज बहादुर थापालाई अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी आइसिसी सदस्यमा नारायण पासवान र उषा केसीको उमेद्वारी परेकाले १३ सेप्टेम्बर २०१९ मा रियादस्थित नेपाली दूताबासमा निर्वाचन गरी चयन गरिने भएको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ध्रुब कुमार रिजाल तथा उपाध्यक्षहरुमा बिशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, भोलानाथ पौड्याल महासचिवमा उमेश भट्टराई, कोषाध्यक्षमा सन्तोष लुँईटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रबिना अर्याल र युवासंयोजकमा राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा बिष्णु पोख्ररेल, नरेन्द्र बहादुर कार्की, चन्द्रमणी भण्डारी, विष्णु प्रसाद न्यौपाने, सत्य नारायण केसी, राम बहादुर क्षेत्री, बालकृष्ण पंगेनी चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको प्रथम बैठकले मनोज बराललाई उपाध्यक्षमा, लाल बहादुर मगरलाई सचिवमा, बिष्णु प्रसाद न्यौपानेलाई प्रबक्तामा रामजतन यादव र शुक्र मोक्तानलाई सदस्यमा मनोनित गरेको छ ।

बैठकल परिषद्को प्रमुख सल्लाहकारमा डम्मर यादव तथा भक्त हमाल र दिपक शाही ठकुरीलाई सल्लाहकारमा चयन गरेको छ ।

वि.सं.२०७६ भदौ २२ आइतवार १३:०७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...