back

जापानी प्रहरीद्वारा वृद्धवृद्धालाई गाडी नचलाउन आग्रह, चाउचाउमा छुट दिइने

वि.सं.२०७३ मंसिर ११ शनिवार

651 

shares
IME Limited
NTC AD

११मङ्सिर,टोकियो (जापान) । बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ ।

प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालकलाई विशेष परिचयपत्रको व्यवस्था गरिदिने र यसैको आधारमा रेस्टुरेन्टले उनीहरूलाई छुट दिने प्रबन्ध शुक्रबारदेखि मिलाएकोे बताइएको छ । परिचय प्राप्त वृद्धवृद्धाले रेस्टुरेन्टमा ५९० जापानी यन पर्ने चाउचाउमा ९० यन छुट पाउने छन् ।

जापानमा ७५ बर्ष माथिका करिब ४८ लाख नागरिकसँग सवारी चालक अनुमति पत्र रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।

सडक दुर्घटनामा ठूलो सङ्ख्या वृद्ध चालकको आँखा र शारीरिक कमजोरीका कारण हुने देखिएको बताउदै प्रहरीले यो कदम चालेकोे आइचीका प्रहरी प्रवक्ताले बताए ।

गत महिना एक ८७ वर्षीय चालकले चलाएको एक कारले प्राथमिक विद्यालयमा जान हिँडिरहेका एक बालकको योकोहोमा सहरमा मृत्यु भएको र नौ जना बालबालिका घाइते भएको घटनाबाट पाठ सिक्दै यो कदम चालिएको पनि बताइएको छ ।

प्रहरी प्रशासनले ल्याएको यो कदमलाई सहयोग गर्ने प्रतिबद्धता स्वरुप जापानी एक ९७ वर्षीय बुद्धगुरुले गत हप्ता नै आफ्नो सवारीचालक अनुमति पत्र फिर्ता गर्नुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ११ शनिवार ०३:०१ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...