back
CTIZAN AD

जापानी प्रहरीद्वारा वृद्धवृद्धालाई गाडी नचलाउन आग्रह, चाउचाउमा छुट दिइने

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.1K 

shares

११मङ्सिर,टोकियो (जापान) । बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ ।

प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालकलाई विशेष परिचयपत्रको व्यवस्था गरिदिने र यसैको आधारमा रेस्टुरेन्टले उनीहरूलाई छुट दिने प्रबन्ध शुक्रबारदेखि मिलाएकोे बताइएको छ । परिचय प्राप्त वृद्धवृद्धाले रेस्टुरेन्टमा ५९० जापानी यन पर्ने चाउचाउमा ९० यन छुट पाउने छन् ।

जापानमा ७५ बर्ष माथिका करिब ४८ लाख नागरिकसँग सवारी चालक अनुमति पत्र रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।

सडक दुर्घटनामा ठूलो सङ्ख्या वृद्ध चालकको आँखा र शारीरिक कमजोरीका कारण हुने देखिएको बताउदै प्रहरीले यो कदम चालेकोे आइचीका प्रहरी प्रवक्ताले बताए ।

गत महिना एक ८७ वर्षीय चालकले चलाएको एक कारले प्राथमिक विद्यालयमा जान हिँडिरहेका एक बालकको योकोहोमा सहरमा मृत्यु भएको र नौ जना बालबालिका घाइते भएको घटनाबाट पाठ सिक्दै यो कदम चालिएको पनि बताइएको छ ।

प्रहरी प्रशासनले ल्याएको यो कदमलाई सहयोग गर्ने प्रतिबद्धता स्वरुप जापानी एक ९७ वर्षीय बुद्धगुरुले गत हप्ता नै आफ्नो सवारीचालक अनुमति पत्र फिर्ता गर्नुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ११ शनिवार ०३:०१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...