back
CTIZAN AD

तेस्रो दिन पनि पाइटलको हडताल हुँदा हवाई यात्रु समस्यामा

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.1K 

shares

 ११ मङ्सिर,बर्लिन (जर्मनी)। जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी बिहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ ।

हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन् ।

हड्तालका कारण कम्पनीले तीन दिनमा तीन करोड १५ लाख अमेरिकी डलरको घाटा भएको जनाएको छ ।

विमान चालकको माग सम्बोधन नभएको जनाउँदै चालकहरुले शनिबार पनि हड्ताल जारी रहने जनाएका छन् ।

उक्त ध्वजावाहकका चालकले स्न २०१४ पछि विभिन्न समयमा सेवा तथा सुविधा वृद्धिका लागि गरेका विरोधका कार्यक्रमसहित यो १४ औँ सङ्घर्ष हो ।

पाइलटहरुले ३.६६ प्रतिशत प्रतिवर्षका दरले आफ्नो तलबमा वृद्धि गर्नुपर्ने माग राखेका छन् भने कम्पनी प्रशासनले २.५ प्रतिशतको वृद्धि गर्न तयार देखिएको छ । विमान कम्पनीमा कार्यरत वरिष्ठ चालकले प्रतिमहिना २२ हजार युरोभन्दा बढी कमाउने गर्छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५९ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...