back
CTIZAN AD

ग्रान्डिका डाक्टर विनय रेग्मी भन्छन्–’डेंगुमा एन्टिवायोटिक नखानुहोस्’

वि.सं.२०७६ भदौ २७ शुक्रवार

2.3K 

shares

ग्रान्डि ईन्टरनेशनल अस्पतालका फिजिसियन डाक्टर डाक्टर विनय कुमार रेग्मीले एन्टिवायोटिकसँग डेंगुको कुनैपनि सम्बन्ध नरहने बताएका छन् ।

देशभरी डेंगु फैलिएको अवस्थामा उनले डेंगुबारे जानकारी दिदैं डेंगु लागेका बेला सिटामोल खाने र घरमै आराम गरेर बस्न तथा नआत्तिन पनि सर्वसाधारणलाई सुझाएका छन् ।

डेंगुको लामखुट्टे अत्यन्तै सानो हुने र विहान घाम नलाग्दै तथा बेलुका साँझपख टोक्ने गर्दछ । यो लामखुट्टे शुद्ध र सफा पानीमा बस्ने गर्दछ । डेंगु लाग्दा मानिसहरु आत्तिएकोले नआत्तिन अनुरोध समेत डा. रेग्मीले गरेका छन् । डेंगु लाग्दा अत्यन्तै जिउ दुख्ने, अत्यधिक ज्वरो आउने र कसैकसैलाई रुघाखोकी लाग्ने, घाँटी दुखेको जस्तो हुनेलगायत हुन्छ । लठ्ठिले पिटेजस्तो गरी शरीर दुख्छ । डायरिया, बमिट पनि हुन्छ । सिटामोल खाएपछि एकछिन सन्चो हुने र फेरि आउने गर्यो भने डेंगु जचाउन जरुरी हुन्छ ।

डा. रेग्मीका अनुसार डेंगु हुँदैमा सबैको प्लेटलेट घटेर ब्लिडिङ हुने हुँदैन । त्यसको अनुगमन गर्नका लागि दिनदिनै सिबिसी भन्ने जाँच गर्नुपर्छ । यदि प्लेटलेट झर्ने क्रममा छ भने त्यसलाई चेक गर्नुपर्छ । त्यसमा हेमाटोक्रिट रातो रगतको कन्सन्ट्रेशन बढ्दै गयो भने र ब्लडप्रेशर लो हुँदै गयो भने भर्ना भएर बस्नुपर्ने हुन्छ । ‘यसको लागि कुनै एन्टिवायोटिक खानु पर्दैन, यदि कोही डाक्टरहरुले एन्टिवायोटिक चलाउँछन भने नलिनुहोला किनभने डेंगुमा यसको कुनै रोल छैन ।’ डा. रेग्मी भन्छन् ।

डेंगुबाट बच्न
घर वरिपरी सफा राख्ने, गमला, टायर अथवा कतै पनि सफा पानी जमेको छ पानी फ्याकिदिने, मट्टितेलहरु छर्कने । यस्तो कुरामा छिमेकीलाई पनि सजग बनाउने । झुल लगाएर सुत्ने । ओडोमस क्रिमहरु लगाएर बच्चाहरुलाई स्कुल पठाउने । फुल वाउला भएको कपडा लगाउने, साझको बेला बालबालिकालाई बाहिर ननिकाल्ने । साथै ठूलो मान्छेले पनि बेलुकाको समयमा फूलबारीमा निस्केर काम नगर्न सल्लाह दिन्छन् डा. रेग्मी । यस विषयमा अभिभावकहरुले स्कुललाई पनि सचेत गराउनुपर्ने बताउँछन् डा. रेग्मी । रेग्मीका अनुसार डेंगुको संक्रमणका बेला घरमा आराम गर्ने, पानी प्रशस्त पिउने तथा सिटामोल खाने गर्नुपर्दछ ।

 

वि.सं.२०७६ भदौ २७ शुक्रवार ११:३५ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...