उदाएर मोती बने दिप्त तारा
त्यही तेज छायो उज्यालो छ सारा
मिलाएर राम्रो उने छन्द शास्त्र
त्यसैले सबैका बनेका पियारा
हुँदा खेर राम्रो नयाँ फाँट तिम्रो
गए आज तिम्रो पिछा सर्वहारा
गयो जिन्दगानी थियो त्यो जवानी
भिजे यी परेली बगे आँसु धारा
थियो नाम जस्तो भयो काम उस्तै
कनेका सबै आज लागेन पारा
छन्द भुजङ्ग प्रयात
वि.सं.२०७६ भदौ २८ शनिवार ०९:०१ मा प्रकाशित






























