back
CTIZAN AD

पाठेघरको टियुमरका लागि अब अप्रेसन गर्न नपर्ने

वि.सं.२०७६ भदौ २८ शनिवार

1.4K 

shares

अब पाठेघरमा भएको टियुमरका लागि अप्रेसन गर्न नपर्ने भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबर(टियुमर)लाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् ।

पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्किृय पार्ने पद्धति(युटेराइन आर्टरी इम्बोलाइजेसन) मार्फत एक महिलाको सफल उपचार गरिएको हो । उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको र पहिलोपटक सफल भएको बताएका छन् ।

उक्त इम्बोलाइजेसन प्रक्रियाको उपचारमा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त, एनेस्थेसियोलोजिष्ट डा प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए ।

इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराई टियुमरलाई घटाउँदै लैजाने काम गर्दछ । यो प्रक्रिया ३७ वर्षीया एक महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको थियो । यसअघि ट्युमर भएमा शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिन्थ्यो ।

वि.सं.२०७६ भदौ २८ शनिवार ०९:२५ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...