भक्रल्तै छन् हतार । उसको स्वागतार्थ कुखुराको सुली र कसिँगर हुन्छन् सिकुवा भरि, स्कुलबाट फर्किदा ।
घरधन्दाको छुट्टै दिनचर्या ।
झमक्कै साँझ क्रुस्त घाँस बोकेर घर फर्कनु हुन्छ, वस्तुसँगै आमा ।
सिकुटो शरीर, आशा लुकाइराखेको अनुहार । फाटेको चौबन्दी भित्र सुरक्षित अस्मिता । परदेशीका थुप्रै मायालुले तिर्खा थाम्न नसकेर कोशीमा तिलाञ्जल हुने देशान बाट जोगिएकी छिन् ।
थाहा छ सँगै सातो जान्छ भन्दै मेरो हातमा थु : थु : गरि परदेश जानू भएको बुबा हराको बाह्र वर्ष बित्यो । यो वीच विविध रुपका यौनपीपासुहरूले आमासँगै मेरो यौवन नताकेका होइनन् । तर गर्व लाग्छ आमासँग, आमा अलिकति पनि विचलित हुनुभएन जस्तै आँधी आए पनि ।
कस्तै काँँढे संदर्भ पन्साउंँदै मलाई स्कुल पठाइरहने निरन्तरता छ । मैले पनि आमाको भरोसालाई लाछिन दिन भएको छैन ।
मैले गाउँ हकुवा जिम्मेवारी बहन गर्नुको सपना पोल्टामा रंगिन तीज जस्तै छ आमाको ।
थुम्केली माइला मलाई प्रीतिको धरापमा पारेर नियति सोझ्याउन ढुङ्गामा लेख्छ ‘ सपनाको रानी, पहाडकि सुन्दरी, जीवनको यात्रा, प्रेमको लघुकथा ।’ यसतै ।……..
तर मैले भाच्नु छैन आमाको तकाई र मेरो टुप्पो लक्ष्य । यस्ता प्रेमको लिसो, पासो र जालोमा परेर ।
ढुकी बस्या माइलो रुदिलोको पात पट्काएर, तर्साउदै भन्छ ‘हलो ! ग्याहोट किन ढिलो ?’
‘टिउशन छ ।’ ग्याहोट पछेउरी बटार्दै भन्छे’ पढाइ छोडेको ?’
’नामगाम लेखिन्छ । भाग्यमा वैदेशीक काज जन्माधिकार छ नै ।’
’शिक्षा नगदे बाली होइन । शिक्षा सिर्जनाको छेउ छ । रोजगारी र शिक्षा आर्जन फरक नयन हुन् ।’
’थोरै पढ्नेले पनि धेरै गरेको अगाडि छ ।’
’म तिम्रो शुभ चिन्तक,आफैँ जोख्नु मनको तुलोमा । तर यसरी बाटो ढुकेर अँङार नघोट । अनुहारमा पर्न सक्छ ।’ भन्दै अर्को बाटो लागी ग्याहोट ।
माइलाको मन फत्कियो शुभ चिन्तक शब्द्ले । घरि पढ्न पर्ने उत्प्रेणाले ।
ठेगाना-संगमटोल– ११, त्रि.न.पा, उदयपुर प्रदेश–१
वि.सं.२०७६ भदौ २८ शनिवार १०:२० मा प्रकाशित






























