back
CTIZAN AD

कविता : दशैको सवाई

वि.सं.२०७६ भदौ २८ शनिवार

1.1K 

shares

सुन सुन साथी हो म केही भन्छु
दशैको हालत तिमीलाई म कहन्छु ।

कमाने सबैलाई बोनसको आश छ
बस्तीवाला बिचरा छिन्न लागेको श्वास छ ।

दशै रमाइलो हुन्थ्यो बाबाको पालामा
पालो आयो आफ्नो हात छ गालामा ।

नानीहरु सबैले भन्छन् खोइ नयाँ नाना
कहाँबाट पुर्याउनु छ महंगाईको जमाना ।

गर्नैपर्छ बन्दोबस्त चिचि मामको पनि
टार्नैपर्छ पाहुना आउँछन् ठुलाबडा भनि ।

दिनुपर्यो आशिर्वाद दक्षिणाको साथमा
बेकारी समस्या छ छैन काम हातमा ।

बाबैले भन्थे दुवो झै मौलिनु केराझै गाँजिनु
व्यर्थै गाँजिएछु अब रहर भयो मासिनु ।

सुन सुन साथी हो म केही भन्छु
दशैको हालत तिमीलाई म कहन्छु ।

वि.सं.२०७६ भदौ २८ शनिवार १०:३७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...