back
CTIZAN AD

सुदूरपश्चिममा २४ जनामा डेङ्गु

वि.सं.२०७६ भदौ २८ शनिवार

846 

shares

२८ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।
उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए । उनले भने, “ जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।”

डेङ्गु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियाननै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । बिहान र साँझमा डेङ्गु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले सुझाव दिए ।

पहिलोपटक चितवनमा भेटिएको डेङ्गु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेङ्गु फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने र फुल करीब छ महीना जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडाकुँडा सधँै सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए । उनले भने, “डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र उक्त फुल महीनौँसम्म जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैँ धुनु र सफा गर्नु जरुरी छ । डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेर जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छौँ ।”
डेङ्गु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा डेङ्गु नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने (फगिङ) गर्दै आएको छ । सिलगढीका सिद्धराज जोशीले डेङ्गुले स्थानीयमा त्रास फैलिएको र अब त सामान्य रुघा, खोकी, ज्वरो आउँदा डेङ्गु नै भन्न थालिसकेको बताए ।  रासस

वि.सं.२०७६ भदौ २८ शनिवार ११:०६ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...