back

बिमल सुवेदीद्धारा एनआरएनए कोरियाको महासचिवमा उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

वि.सं.२०७६ भदौ ३१ मंगलवार

171 

shares
RBB AD
NTC AD

३१ भदौ, कोरिया ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कोरियाको महासचिवमा विमल सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको सातौं महाधिबेशनका लागि सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले ७ बुँदे घोषणापत्र जारी गरेका छन् ।

सुवेदीले एनआरएनए कोरियाको संरचना सुधार, आपतकालीन राहत कोषको स्थापना, आर्थिक पारदर्शिता तथा लेखा समितिको गठन, एनआरएनए कोरियाको कार्यालय स्थापना, फुजल खर्च नियन्त्रण, स्वदेश फिर्ता, पुन : स्थापना तथा नेपालमा सम्भावना खोजीका लागि सहजीकरण, नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन लगायतका ७ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।

यस्तो छ उनले घोषणा गरेको प्रतिबद्धतापत्र

म बिमल सुबेदी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दक्षिण कोरियाको ७ औ महाधिवेशनमा ‘महासचिव’ पदको उम्मेदवारको हैसियतले निर्वाचित भएर आउने सिङ्गो कार्यसमितिको भावना, मर्म र योजनासँग समाहित भएर सामूहिक लक्ष्य प्राप्तिका निम्ति निम्न अनुसार कार्य सम्पादन गर्ने प्रतिबद्ता ब्यक्त गर्दछु ।

१ -NRNA KOREA कोरियाको संरचना सुधार
(NRNA KOREA  लाई बैद्यता प्राप्ति भए पछि धरातलीय यथार्थका आधारमा क्षेत्रीय समितिहरु गठन, क्षेत्रगत सदस्य संख्याको निश्चित प्रतिशतको आधारमा केन्द्रिय महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था र केन्द्रिय महाधिवेशन प्रतिनिधिमात्र केन्द्रिय समितिमा उम्मेदवार हुने तथा महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्ने र केन्द्रीय समितिको चयनको लागि सम्पूर्ण पञ्जिकृत सदस्यहरुको सहभागिता हुनेगरी क्षेत्रगत मतदानको व्यवस्था गर्न प्रतिवद्धता व्यक्त गर्दछु ।

२- आपतकालीन राहत कोषको स्थापना
(आवस्यक कानूनी प्रक्रिया पूरा गरि ल्च्ल्ब् कोरियाको अधिनमा रहने गरि एकआपतकालीन राहत कोषको स्थापनाका साथै प्रथम चरणमा ल्च्ल्ब् कोरियाको ७ औ महाधिवेशनको उम्मेदवारी शुल्कबाट प्राप्त हुने रकम वाट १ करोड वन आपतकालीन राहत कोषका लागी बिनियोजन लागि प्रतिबद्धता व्यक्त गर्दछु ।

३ -आर्थिक पारदर्शिता तथा लेखा समितिको गठन
(निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट लेखा समिति गठन गरि केन्द्र र क्षेत्रीय समितिको आर्थिक गतिविधिको सुपरिवेक्षण गर्नका साथै लेखा परीक्षण गरिएको आर्थिक प्रतिबेदन त्रैमासिक रुपमा सार्वजनिक गर्न र्प्रतिवद्धता व्यक्त गर्दछु ।

४-NRNA कोरियाको कार्यालय स्थापना
(आवश्यक जनशक्तिको व्यवस्था गरी शनिबार र आइतबार समेत खुल्ने गरी केन्द्रिय र क्षेत्रीय स्तरमा ल्च्ल्ब् कोरियाको सम्पर्क कार्यालय सन्चालन गर्ने र केन्द्रीय कार्यलय र क्षेत्रिय सम्पर्क कार्यलय मार्फत कोरिया स्थित सम्पुर्ण नेपालीहरूको दैनिक जीवनमा आईपर्ने समस्याहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

५- फुजल खर्च नियन्त्रण
(ल्च्ल्ब् अभियानमा प्रत्यक्ष संलग्न बाहेकका अन्य कुनैपनि अतिथी वा भीआईपीको स्वागत सम्मानमा कुनैपनि दिवा वा रात्रिभोज कार्यक्रम नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

६-स्वदेश फिर्ता, पुनः स्थापना तथा नेपालमा सम्भावना खोजीका लागि सहजीकरण
कोरियामा रहेको बिधार्थीको ज्ञान, मजदुरको दक्षता तथा ब्यापारीको पूंजीलाइ समायोजन गर्दै विभिन्न सरकारवालाहरु संगको समन्वयमा नेपालमा कतबचतगउपरियोजनाको बिकाश गरि सम्मानजनक देश फिर्तिका लागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

७- नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन
(कोरियामा नेपाली परिचय, नेपाली चाड पर्व एवं नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धनका लागि आवश्यक प्रचार प्रसार गर्न प्रतिवद्धता व्यक्त गर्दछु ।

अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरिया मेरो उमेदवारी संघको संस्थागत संरचनागत सुधार र गैर आवासीय नेपाली संघ स्थापनाका बास्तविक उद्देश्य प्राप्तिका लागि हो । सम्पूर्ण दक्षिण कोरिया बासि गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागि हार्दिक अपिल समेत गर्दछु ।’

बिमल सुबेदी
महासचिव उमेदवार
एनआरएनए कोरिया
७ औ महाअधिबेशन

वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...