गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यवय समिति इटालीको छैटौ अधिबेशन इटालीको पिसामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष दीपेश कुमार रेग्मीको सभापत्विमा १५ सेप्टेम्बरमा सम्पन्न भएको उक्त अधिबेशनमा नेपाली दूताबास स्विजरल्याण्डका राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीको विशेष आतिथ्यता रहेको थियो ।
महासचिब छबिलाल कंडेलको संचालन रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मनोजकुमार कार्कीको स्वागत मन्तब्य, कोषाध्यक्ष अशोक उप्रेतीद्धारा आर्थिक प्रतिबेदन पेश गरिएको थियो भने संघका सल्लाहकार रिचार्ड भण्डारीले २०१७– २०१९ को कार्यकाल पूर्णरुपमा सफल रहेको बताएका थिए ।
उक्त अवसरमा स्विजरल्याण्ड तथा इटालीको लागि नवनियुक्त राजदूत मणिप्रसाद भट्टराईलाइ सम्पूर्ण इटालीबासि नेपालीहरुको तर्फबाट एनआरएनए इटालीले स्वागत गरेको थियो भने नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीले नेपाली समुदायप्रति गरेको सहयोगको उच्च सम्मान गर्दै बिसेष कदर पत्र प्रदान गरिएको थियो ।
यसैगरी एनआरएनए इटाली २०१७–२०१९ को तर्फबाट अध्यक्ष दिपेसकुमार रेग्मीले आफ्नो कार्यकालको कामकारबाहीको बारेमा प्रकाश पार्दै कार्यकाल सफल पार्न सहयोग गर्ने कार्यसमितिका साथीहरु, इटालीस्थित स्थानीय नेपाली समाजहरु, समाजसेवी, पत्रकार, कलाकार बुद्दिजीबी लगायत सम्पूर्ण इटालीबासि बुवाआमा दाजुभाई दिदि बहिनिहरुलाई हार्दिक धन्यबाद दिदै कार्यकालको दौरान भएका कमिकमजोरीप्रति क्षमायाचना गरेका थिए ।

छैटौ अधिबेशन सफलताको लागि नेपाली एस्सो भेनिसको तर्फबाट प्रेसिडेन्ट राजन चापागाईंका साथै एनआरएनए यूरोप संयोजक शिबकुमार बरुवालबाट शुभकामना संदेशहरु प्राप्त भएका थिए ।
गैरआवासीय नेपाली संघ राष्ट्रियसमन्यव समितिको छैटौ अधिबेशनको लागि निर्बाचन संयोजक दिवस रेग्मीले सर्बसहमतिबाट निर्बिरोध रुपमा २०१९–२०२१ को लागि देवराज गुरुङको अध्यक्षतामा नयाँकार्यसमिति निर्वाचित गरिएको बताएका थिए ।
नयाँ कार्यसमितिको आइसिसि सदस्यमा दिपेश कुमार रेग्मी, अध्यक्षमा देवराज गुरुङ, उपाध्यक्षमा इन्द्रप्रसाद सुबेदी र छबिलाल कंडेल, महासचिवमा भबेशकुमार सिंह, कोषाध्यक्षमा अशोक उप्रेती, सचिबमा, सुदिप अधिकारी, महिला प्रतिनिधिमा भावा मल्ल, युवा प्रतिनिधिमा अर्जुन गौतम र सदस्यमा क्रमश नारायण लामिछाने, कृष्ण सुबेदी र गुणराज अधिकारी निर्वाचित भएका हुन् ।

२०१७-०१९ को कार्यसमितिले नवनिर्वाचित अध्यक्ष देवराज गुरुङ लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनाका साथै छैटौ अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने निर्बाचन संयोजक दिवस रेग्मी लगायत उपसंयोजकहरु मुकुन्द पौड्याल, विषम गौतम, श्रीकृष्ण श्रेष्ठ, शुक्रराज घिमिरे र सम्पूर्ण स्थानीय नेपाली समाजहरु, संघ संगठन साथै सम्पूर्ण इटालीबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
वि.सं.२०७६ भदौ ३१ मंगलवार १३:४० मा प्रकाशित




























