back
CTIZAN AD

एनआरएनए युकेका दुई अध्यक्षलाई अनुरोधै अनुरोध

वि.सं.२०७६ भदौ ३१ मंगलवार

603 

shares

गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यसमितिको निर्वाचनमा होमिइसकेको बेला एनआरएनए युके शाखाको निर्वाचनले सबैको ध्यान आर्किष्ट गरेको छ । एनआरएनए युकेको निर्वाचन शनिबार मतदान सम्पन्न भै मतगणना हुँदै गर्दा रोकिएको छ । यसले प्रवासी नेपालीहरुलाई दुखी बनाएको छ । यसैसन्दर्भलाई लिएर एनआरएनएका शुभचिन्तकहरुले अध्यक्षका उम्मेदवारहरुलाई अनुरोध गरेका छन् । निर्वाचन समितिले मत सुरक्षित रहेको र सहमतिपछि मतगणना सुरु हुने जानकारी दिइरहे पनि कहिलेबाट सुरु हुन्छ भन्ने कुराको जानकारी भने दिइएको छैन । एनआरएनए आईसीसी सदस्य शरद सिम्खडाप्रकाश गुरुङले सामाजिक सञ्जालमा यसबारे लेखेका छन् :

आदरणिय शेरबहादुर सुनार ज्यू – पुनम गुरुङ्ग ज्यू,

कुरो सन २०१३ सेप्टेम्बर १५ कै हो ! म NRN UK को राष्ट्रिय संयोजक (हालको महासचिबको पद) र कुल जी अध्यक्ष हुनुहुन्थ्यो ! म मेरो बुवाको स्वास्थ उपचारको लागी नेपाल मै थिए । डाक्टरको सल्लाहनुसार जोखिमपूर्ण तर गर्नै पर्ने Cancer 3rd Stage को D2 अप्रेशन पश्चात भेन्टिलेटर मै अचेल हुनु हुन्थ्यो भने यता एन आर एन यूकेको पाचौं राष्ट्रिय अधिबेशन १५ सेप्टेम्बरमै थियो ! महेन्द्र कंडेल पक्ष र योगेन क्षेत्री पक्षमा सिंगो यूके बिभाजित थियो । यही समाजका उपज हामी आफै पनि धेरै नै बिभाजित थियौ । २-२ वटा निर्वाचन समिति, २ – २ ठाउंमा अधिबेशन, २-२ वटा कार्यसमितिको निर्माण । हामी ‘जग’ हसाई रहेका थियौ । १६ को बिहानै २ बजे अधिबेशन सकाई घर मात्रै के छिरेको थिए बैनी शारदाको फोन बज्यो रुंदै उनी भन्दै थिईन डाक्टरहरुले भनेको बुवाको अवस्था यसै भन्न सकिने छैन दाईलाई जति सक्दो छिट्टो टिकट लिई उड्नु भन्नु भएको छ मात्र के भन्न सकेकी थिईन उनको रुवाईको डांको वरीपरीका सबैले सुने। भाई र म सोही बिहान टिकट लिई उड्यौ । २ घण्टाको दिल्ली ट्रान्जिट मा रहंदा मेरा ज्वाई योगेन्द्र क्षेत्रीले खबर गर्नु भो – सिधै आर्यघाटमै जानु दाई – बुवा रहनु भएन !
अस्ती १६ को दिन निर्वाचन समितिले आई सी सी का साथीहरुसंग संक्षिप्त छलफल गर्दा यिनै कुराले मेरो गला अबरुद्ध भो । मैले यि सबै कुरा न भन्न सके न बाताबरण नै बन्यो । साथीहरु भन्दै थिए – तपाई अली ‘सेन्टीमेन्टल’ बन्नु भो ! नबनुम पनि कसरी – २००५ देखी हाल सम्म भ्यास सम्म यही संस्था हो जसलाई धेरै समय दिएको छु । यसैमा खटेको छु। हर कार्यक्रम नछुटाउने प्रयास गरेको छु । यही संस्थाले राष्ट्रिय-अन्तराष्ट्रियरुपमा पहिचान दिएको छ । थुप्रै राष्ट्रहरुमा असंख्य साथीहरु ‘कमाएको’ छु। मेरो ‘होलिडे’ भनेकै यही संस्थाको कार्यक्रमहरु हुन। अन्य कार्यक्रममा जानको लागी मैले २ पटक सोध्छु मेरी जिवनसंगिनीलाई । एन आर एन को कार्यक्रम भने पछि कतै कुनै सिकायत नगरी हालसम्म कतिपय म आफैले गर्नु पर्ने जिम्मेवारी समेत उनी आफै निभाउंदै पठाएकी छिन – यो संस्था पुन: २०१३ कै सेप्टम्बरमा फर्किंदा कस्को आंखाबाट आंसुको ढिक्का नखस्ला ?

२१औ सताब्दीमा र संसारकै लोकतन्त्रको नमूना मानिने देशमा छौ । आफ्नो अभिमत राख्यौ होला । मन परेकोलाई मतदान गर्यौ होला ! यो छुट सबैलाई छ तर आज मतदान भएको ६२ घण्टा भैसक्दा देश-बिदेश सबै तिरबाट यूके एन आर एन को मत परिणाम जान्न ब्यग्र मित्रहरुको फोन उठाई रहन सकेको छैन, बिभिन्न रुपमा आएका सन्देशहरु निरुत्तरित छन – एक ‘ईलाईट’ ‘लाटो’ बन्न बिबश छ।

तपाई दुईमा जो अध्यक्षमा निर्वाचित हुनुस – सम्पूर्ण शुभ-कामना छ। तर बिचार गर्नुस जुन ईज्यत र प्रतिष्ठा तपाईहरुले पाउंदै हुनुहुन्थ्यो त्यो नब्बेको ग्राफ ठ्याक्कै ५-७ मा झरेको छ। यदी तपाईहरु ‘सोसलमिडिया फलो’ गर्दै हुनुहन्छ भने थाहै होला के कस्तो आक्रोश, आबेग र नफ्रत छ एन आर एन प्रति । हामि यसरी बिजयी भएर तिनै मतदाता, यिनै समुदाय, यि नै ब्यक्तिबिषेश संग जानु पर्दा हामीलाई उहांहरुले फिस्सा हांसेर अध्यक्षज्यू त भन्नु होला तर मनले अर्कै बोलीरहेको हुनेछ । समय अझै पुरै घड्किसेको छैन – मात्र तपाई दुई (पुनमजी र शेर जी) बस्नुस – ठण्डा दिमागले सोच्नुस, तपाईहरुको यो त्याग र मेहनतको प्राप्ती के कति स्वच्छ र सर्बस्वीकार्य हुनेछ मनन गर्नुस, यो संस्थाको गरिमा र शाख राख्न सकिए अध्यक्ष त भोलीका दिनमा पनि हौला भन्ने सामान्य सानो कुरा मनको कुनै कुरामा राखी छलफल गर्नुस्, शुरुका दिनमा एन आर एन यूकेको कत्रो बैभव र प्रभाव राखेका थियौ – हाम्रै कारण हांसोको पात्र पनि बन्यौ – यो कटुसत्यलाई एक पटक संगैबसी सम्झनुस, यत्रो उत्साह र उमंगको साथ १०४०० मतदाताले गरेको मतको सम्मान के कसरी होला भनी मनन गर्नुस (होला कमिकमजोरी – यसको छुट्टै छलफल गर्दै गर्नुस) र एक परिपक्व निर्णयमा पुग्नुस – तपाईहरुको उचाई ह्वात्तै बढ्छ – घट्दैन । संसारले तपाई दुईलाई हेरी रहेका छन मित्रहरु !

हरी उं तत्सत ।

रामशरण सिमखडा
लण्डन

NRNA UK का अध्यक्ष उमेदवार दुबैलाई अनुरोध।

नमस्कार पुनम गुरुङ ज्यु र शेर बहादुर सुनार ज्यु।
अत्ति भयो।नौलो त केहि भए छैन।यस्तै हो,त्यस्तै हो।युकेमा मात्र होइन।चुनावमा विश्वका अरु देशहरुमा पनि यस्तै तमासा NRNA ले गराई सकेका छन्।त्यसैले होला सदस्य संख्याको हबि कुरीकुरी गर्नेमा टुगिन्छ।तर यसपाली युकेले निकै छल्को मार्यो संख्यामा अनि मैले गरेको भनेर क्रेडिट लिन कोहि पछि परेनन्।ल ठिकै छ, माने।

एक साधरण मतदाताको हैसियतले देखे सुनेका र मनमा लागेका कुरा पोख्दै छु।चुनाव सम्पन्न भयो।राम्रो लाग्यो।अन्तिम समय सम्म सबै ठीक थियो।मत गणना रोकियो।चहलपहल शुरु भयो।
दुबै अध्यक्षका उमेदवारहरु जुनै हिसाबले मुल्याँकन गरे पनि सक्षम देखिन्थे।जसले जिते पनि युके बासी नेपालीहरुलाई सहर्ष सुइकार्य थियो।तर अब तपाईहरुको बोली,भनाई र एक आर्का पट्टिको आपसी बुझाईले अधिकतम मतदाताहरुको विश्वास गुमाउँदै गएकोछ।
चुनाव जित्नकै लागि लडिन्छ र हार्ने संभवना देखिए पछि अनेक चालबाजी गर्ने नेपालीहरुका लागि कुनै नौलो बाजा होइन।
विभिन्न मिडियाहरुको आड लिएर नबोल्नु पर्ने कुरा बोलेका छन्।साथीभाई माथि तिखो शब्दहरु प्रहर गरेकाछन्।नेपालमा भरखरै गाईजात्रा सकिने लगत्तै युके तिर सरे जस्तो भान भयो।
आवश्य पनि अहिले नेताहरूका कण्ठबाट निस्केका शब्दहरु आफै रचिएका होइनन्।समुहमा माष्टरिङ गर्ने हरु पक्कै हुनुपर्छ।
के तपाईहरुलाई पुरा बिश्वास छ कि प्यानलका सबैले सहयोग गरिरहेका छन्? अव भयो कराउँने देखाउँने देखि सकियो।बन्द गरौं सबै पुराना फर्मुलाहरु।
पक्कै NRNA को लागि काम गर्ने र सँघको उचाई बढाउँने नियतले प्रस्तुत भएको हो भने सहकार्यमा आउँनु पर्दछ।
निर्वाचन समितिको गठन र ब्यक्तिहरुको छनौट तपाईहरुले गरेको हो।हाम्रो बुझाईमा युकेमा रहेको अनुभवी,सर्वमान्य र समावेषिक हिसावले उहाँहरुनै हुन्।अहिले उनीहरु प्रतिनै ब्यक्तिगत तवरले हमला भैरहेको देखिन्छ।यो शोभनिय भएन।
जति दिन घटकिदै जान्छ त्यतिनै NRNA को नाम घृणित हुँदै जान्छ।सोसियल मिडियामा देख्नु भएकै होला।थुकेका छन्।मनपरी लेखेका छन्।के यहि हो तपाईहरुले चाहेको नतिजा?उमेदवारहरु आफै पनि कुनाकाप्चामा कुहिएका कुराहरु निकालेर फलाकेका छन्।कहिले नसुनेका कुरा जनतालाई सुनाएर उष्काएका छन्।आखिर के मिल्छ हामीलाई।
सहमतिमा आउँनुपर्दछ।दुबै अध्यक्ष उमेदवार जति सक्दो चाँडो संयुक्त प्रेश कन्फ्रेस गरेर युके बासी मतदाताहरुसँग माफी माग्नु पर्दछ।
र मतगणनाका लागि निर्वाचन समितिलाई मद्दत दिनु पर्दछ।हारजीतलाई सहर्ष सुइकार्न तयारी हुनुपर्दछ।मेरो बुझाईमा दुबै जना आफै सक्षम ब्यक्ति हुन्।जे रिजल्ट आउँछ। हाँसी खुशी हुँदै काँधमा काँध मिलाई स्विकार्न तयार हुनु पर्दछ।तर तपाईहरु कसैबाट सोचालित हो भने याद गर्नुहोस्।नचाहेर पनि भन्नै पर्ने हुन्छ।NRNA राजनितिक पार्टीहरुको मैदान हो।अछुतो हुनै सक्तैन।कारण त्यस्तै देखिन्छ।

तर आझै ढिला भएको छैन।जनताको मन जित्ने काम गर्न अग्रह गर्दछु।अन्तमा याद गर्नुस्।दुवै पक्षका मेजोरेटी भोटर्सहरु को हुन्? प्रजा बिना राजा हुँदैन।त्यसैले मतदाताहरुलाई यति चाँडै नभुलौं।

धन्याबाद।
प्रकाश गुरुङ

वि.सं.२०७६ भदौ ३१ मंगलवार १७:१६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...