back
CTIZAN AD

यस्तो रहयो भारत र दक्षिण अफ्रीका बिचको दोस्रो टि–२० खेलको नतिजा

वि.सं.२०७६ असोज २ बिहीवार

1.2K 

shares

२ असोज, काठमाडौँ । बुधवार राति ७ः१५ मा भएको भारत र दक्षिण अफ्रीका बिचको दोस्रो टि–२० खेलमा भारतले जित निकाल्न सफल भएको छ । पहिले टस जितदैँ भारतले दक्षिण अफ्रीकालाई ब्याटिङ्गको निम्तो दिएको थियो ।

पहिले ब्याटिङ्ग गर्न आएको दक्षिण अफ्रीकाले आफ्नो पहिले विकेट ३१ रनमा गुमाएको थियो । दक्षिण अफ्रीकाका लागि पहिले झट्का दिपक चाहरले दिलाए । उनले रोजा हेन्ड्रिक्सको विकेट लिएका थिए । त्यसपछि दक्षिण अफ्रीकाको पारी कप्तान क्विन्टन डिकोक र टेक्बा बावूमाले सम्हालेका थिए । दक्षिण अफ्रीकाले आफ्नो दोस्रो विकट ११.२ ओभरमा ८८ रनको क्षतिमा गुमाउन पुग्यो ।

क्विन्टन डिकोक अर्धसतक बनाएर आउट भएका थिए । उनले ३७ बल खेलदैँ ५२ रन बनाएका थिए । त्यसपछि आएका डुसेन पनि १ रनमैँ आउट हुदा दक्षिण अफ्रीका ९० रनमा ३ विकेट गुमाउन पुग्यो ।

पहिलो टि–२० खेलेका टेम्बाले अर्धसतक बनाउनबाट १ रनले चुकेका थिए । उनले ४३ बल खेलदैँ ४९ रन बनाएका थिए । भारतका लागि सबै भन्दा सफल बलर दिपक चाहरले बने ।दक्षिण अफ्रीकाले आफ्नो २० अभरमा ५ विकेटको क्षतिमा १४९ बनाएर भारतलाई जितको लागि १५० रनको लक्ष्य दिएको थियो ।

१५० रनको लक्ष्य पछ्याएको भारतले आफ्नो पहिलो विकेट ३३ रनमा गुमाउन पुग्यो । रोहित १२ रन बनाएर आउट भएका थिए । त्यसपछि भारतको पारी कप्तान विराट कोहली र शिखर धवनले सम्हालेका थिए । शिखर धवन ४० रनमा आउट हुदा भारतको स्कोर ९४ रन थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएका पंत पनि ४ रनमै आउट हुन पुगे । त्यसपछि विराट कोहलीले सानदार पारी खेल्दै भारतलाई जित दिलाए । उनले ५२ बल खेलदै ७२ रन बनाएर नटआउट रहे ।

दक्षिण अफ्रीकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा पुरा गदैँ जित निकाल्न सफल भयो । जित सँगै भारतले श्रृखलामा १–० ले लिड लिएको छ ।

वि.सं.२०७६ असोज २ बिहीवार ०६:०५ मा प्रकाशित

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...