back
CTIZAN AD

परिवारवाद मुर्दाबाद, गणतन्त्र जिन्दावाद !

वि.सं.२०७६ असोज ३ शुक्रवार

1.7K 

shares

३ असोज, काठमाडौ“ । लामो समय क्रान्तिकारी राजनीतिमा लागेका र पछिल्लो समय पर्यटन विज्ञको रुपमा स्थापित व्यक्तित्व ज्योति अधिकारीले संबिधानदिवसको शुभकामना दिंदै परीवार र नातागोतातन्त्रलाई मुर्दावाद भनेर आक्रोश ब्यक्त गरेका छन् ।

उनले संविधान र गणतन्त्र दिवसलाई संयोजन गरेर एकैदिन भव्यताका साथ घर र बस्तिहरुमा राष्ट्रवादको पहिचान जगाउने गरी मनाउन सुझाव समेत दिएका छन् । उनले अगाडि भनेका छन् ‘परिवार र नातागोतातन्त्र मुर्दावाद । गणतन्त्र जिन्दावाद । संधै राजनीतिमात्र गरेर बाँच्न खोज्नेहरु अन्ततः गणतन्त्रकै रस चुस्ने जुकाहरुमा परिणत हुन्छन् तसर्थ त्यस्तो प्रवृत्तिको पुनरावृति हुन नदिउँ’ । उनले विकास बाँड्ने को हैन विकास गर्नेको हातमा देश रहन सकोस् भन्दै हिमाली गणतन्त्र गरेर खानेको हुन सकोस् भन्ने इच्छा ब्यक्त गरेका छन् ।

संघीयताको वर्तमान संरचना पुनरावलोकन गर्न अनुरोध गर्दै उनले भनेका छन् ‘७ प्रदेश हैन ३ प्रदेश भए पुग्दछ देशलाई । ‘पूर्वी प्रदेश’, ‘पश्चिम प्रदेश’ र ‘केन्द्र शासित मध्य प्रदेश’ । ३०० भन्दा बढि प्रशासनिक निकाय हाम्रो जस्तो देशलाई बोझ हो । यसलाई सम्बोधन गर्न सायद नयाँ पुस्ता तात्नै पर्दछ ।’

उनले वस्ति विकास र उत्पादनमा जोड दिँदै भनेका छन् ‘तल परेका या पारिएका, हेपिएका र चेपिएकाहरुको बेग्लै बस्ति र सहरहरुको पुनर्वास गरौं । थोत्रा जातभातको कुरामा नअल्झ्किन स्वाभिमानि विकल्पका पाईला चालौं । कम्तिमा आउने ३ वर्ष भित्र खाध्यान्न तथा फलफूल र तरकारी तथा सबै पेय पदार्थहरुको आयात र निर्यातको अवस्था बराबरी हुन सक्ने गरि योजना र काम अगाडि बढाऔँ ।’

नयाँ मण्डले, लुटेरा, अल्छि र भुषतिघ्रे दलालहरुको घेराबाट उम्काएर गणतन्त्रलाइ जन जनमा पु¥याउन समेत उनले अनुरोध गरेका छन् ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १२:१७ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...