back
CTIZAN AD

गुल्मी जिल्ला समाज युकेको तेस्रो बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

वि.सं.२०७६ असोज ७ मंगलवार

630 

shares

गुल्मी जिल्ला समाज बेलायतको छैठौ कार्यसमितिको तेश्रो बैठक सम्पन्न भएको छ ।

सेप्टेम्बर २२ का दिन बेलायतको ग्रिनफोर्ड गोर्खा स्पाइसी रेष्टुरेण्टमा अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।

महासचिव बिर बलालको संचालन तथा कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरूको उपस्थिती रहेको उक्त बैठकमा आगामी बर्षको कार्ययोजनाको विषयमा बृहद छलफलको साथै गृहजिल्ला गुल्मीमा केही महिना अघि भएको प्राकृतिक विपत्ति बाढीपीडित र पहिरोले पीडित बनेकाहरुको भौतिक संरचना पुर्ननिर्माणको लागि संकलित रकम के कसरी पठाउने भन्नेमा छलफल गरिएको थियो ।

जस्मा सस्थाका उपाध्यक्ष तारा भण्डारी, कोषाध्यक्ष बरूण भण्डारी, सल्लाहकार बिनोद ज्ञवालीको तीन टोली आउँदो दशैपछी स्थलगत भ्रमण गर्ने र पुनर्निमाण समितीको रायसहित समाजको संकलित रकमले कतिवटा घर निमार्ण गर्न सकिन्छ । त्यो रिर्पोट समाजका अध्यक्षलाई बुझाएपछि अध्यक्ष टोप पल्लीले नै नेपाल गएर आफैं रकम हस्तान्तरण गर्ने निर्णय भएको छ ।

साथै यसबर्ष बिशेष मिडल्याण्डमा एक च्यारिटी रात्रीभोज कार्यक्रम गरी गुल्मी जिल्ला समाज युकेको एक आपतकालिन अक्षयकोष स्थापना गर्नुको निम्ति यस कार्यसमितिले उपाध्यक्ष तारानाथ भण्डारी र कोषाध्यक्ष बरूण भण्डारीलाई बिशेष जिÞम्मेवारी दिइएको छ ।

त्यसैगरी नेपालबाट बेलायत आएका नेपाल आर्मीका गुल्मेली कर्नेल कृष्ण जिसीलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । उनी एकबर्ष सैनिक तालीमका लागि बेलायत आएका हुन् । साथै नेपालका राष्ट्रिय लोक दोहरी गायक प्रसाद खप्तरी मगरले बेलायतको कार्यक्रममा गरेको अति उत्तम प्रस्तुतिका लागि विशेष बधाईका साथ आउँदो दिनमा सफलताको शुभकामना दिदै सम्मान गरिएको छ ।

त्यस्तै आउँदो डिसेम्बर १ का दिन बिश्व अंपाग दिवस कसरी सफल र भव्यरुपमा मनाउने भन्ने बारेमा समेत छलफल गरिएको छ । जसका लागि संयोजकको जिम्मा उपाध्यक्ष राम सापकोटा र सचिव मन्जु भन्डारीलाई जिम्मेवारी दिइएको छ ।

सो बैठकमा कार्यसमितिका उपाध्यक्षहरु मोती पुन, तारानाथ भण्डारी, राम सापकोटा, कोषाध्यक्ष बरूण भण्डारी, सचिव मन्जु भण्डारी, सहकोषाध्यक्ष श्रीमती तारा भट्टराई तथा श्रीमती राधा खरेल, माया केसी, भोजराज भण्डारी, सल्लाहाकारहरूमा संस्थापक अध्यक्ष ओम थापा काउचा, निबर्तमान अध्यक्ष राम गलामी, पूर्वअध्यक्ष अर्जुन गौतम, बिनोद ज्ञवाली मिन दर्लामी गोकर्ण बस्नेत, दीपक माइथाने मगर लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ असोज ७ मंगलवार १७:४८ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...