back
CTIZAN AD

अलैँची जोनमा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता

वि.सं.२०७६ असोज ९ बिहीवार

651 

shares

९ असोज, फिदिम । अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोन कार्यक्रममा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका कार्यक्रमलाईसमेत प्राथमिकतामा राखिएको छ । तर अलैँची उत्पादन ह्रासको क्रमलाई न्यून गर्ने, गुणस्तर सुधार गर्ने तथा उचित मूल्य पाउन नसकेको अलैँचीको स्थानीय बजार खोज्ने कार्यक्रमले उचित स्थान नपाएको सरोकारवालाले गुनासो गरेका छन् ।

परियोजना कार्यान्वयन एकाई पाँचथरले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालीम, जिल्लास्तरीय तालीम, बजार प्रवद्र्धनसम्बन्धी गोष्ठी, योजना निर्माण गोष्ठी, सार्वजनिक सुनुवाइ, रेडियो कार्यक्रम, प्रचार सामग्री प्रकाशन, भिडियो डकुमेन्ट्री निर्माण, अवलोकन भ्रमण, मेला महोत्सव आयोजना, सञ्चालक समिति सञ्चालन, उन्नत प्रविधि प्रदर्शन तथा तालीम सञ्चालन गर्ने कार्यक्रम उल्लेख छ । यस अतिरिक्त भकारो सुधार गर्ने, लक्षित बालीको बजारीकरणमा एक संस्थालाई अनुदान दिने, ५० प्रतिशत अनुदानमा अलैँचीका बिरुवा वितरण गर्ने, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिने, मेसिनरी औजार उपकरणमा अनुदान दिने, अलैँची प्रशोधन उद्योग सञ्चालन गर्ने, साना सिँचाइ निर्माण र मर्मत गर्ने तथा सुधारिएको अलैँची भट्टी निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई चालू वर्षमा ठूलो बजेट छुट्ट्याइएको छ ।

किसान समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेल परियोजनाका अधिकांश कार्यक्रम तालीम, गोष्ठी मात्रै हुनुले प्रतिफल प्राप्त हुन कठिन हुने बताउछन् । “यहाँको मुख्य नगदेबाली भएका कारण अलैँचीको उत्पादन वृद्धि र उचित मूल्य प्राप्तिका लागि प्रभावकारी कार्यक्रम निर्माण आवश्यक थियो”, पोखरेलले भने, “आवधिक योजनासहितका कार्यक्रम तय भएनन् । यी कार्यक्रमबाट प्रतिफल प्राप्त गर्न सकिँदैन् ।” परियोजना र स्थानीय तहबीच उचित समन्वय नभएको गुनासो सुनिने गरेको पोखरेलको भनाइ छ ।

फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले अलैँची जोन कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगरिएको, प्रभावकारी हुने कुनै पनि कार्यक्रम समावेश नगरिएको बताए । “अलैँची जोनको कार्यक्रम निर्माण र कार्यान्वयनमा हामीसँग समन्वय हुनुपर्ने हो । जोन कार्यक्रम र स्थानीय तहको सहकार्यले मात्रै कार्यक्रम प्रभावकारी हुनसक्दछ”, अध्यक्ष केरुङले भने, “समन्वय र सहकार्यको अभावले कार्यक्रम प्रभावकारी हुनसकेन ।” कार्यक्रम प्रभावकारी नहुँदा अलैँचीको गुणस्तर सुधार हुन नसकेको, अपेक्षाकृत अलैँची उत्पादनमा वृद्धि नभएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

अलैँचीको उत्पादन वृद्धि र गुणस्तर सुधारमा सरकारले वर्षेनी करोडौँ रुपैयाँ बजेट छुट्ट्याए पनि स्थानीयवासीले उचित लाभ प्राप्त गर्न नसक्नु दुःखद् अवस्था रहेको केरुङको गुनासो छ । अध्यक्ष केरुङले स्थानीयवासीले उक्त कार्यक्रममा अनियमितता भएको गुनासोसमेत गर्ने गरेको बताए ।

फालेलुङ गाउँपालिकाका आठवटै वडामा सञ्चालित कार्यक्रमको चालू आर्थिक वर्षको बजेट रु दुई करोड २७ लाख ६९ हजार छ । १६ हजार ५८३ हेक्टरमा सञ्चालित कार्यक्रममा यहाँका ८८ कृषक समूह र पाँचवटा कृषि सहकारी आबद्ध छन् । कार्यक्रमबाट हालसम्म एक हजार ३८५ परिवार किसान लाभान्वित भएको परियोजना कार्यान्वयन एकाइको तथ्याङ्क छ । (रासस)

वि.सं.२०७६ असोज ९ बिहीवार ०९:५० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...